२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

आधुनिकमा सम्पदा

Share:
  
टेलिभिजनकी भिडियो जक्की सम्पदा बानियाँ अहिले म्युजिक भिडियोमा जमेकी छन्।

एनटीभीप्लसमा तीन वर्ष फिल्मी कार्यक्रम एक्सनकट् चलाएकी सम्पदा अहिले म्युजिक भिडियोमा बिकाउ अनुहार हुन्। हालसम्म उनले चार दर्जन म्युजिक भिडियोमा मोडलिङ/नृत्य गरेकी छन्। सुरुआती समयमा लोकदोहोरीका म्युजिक भिडियोहरूमा छाएकी उनी अहिले आधुनिक र पप गीतका भिडियोमा काम गरिरहेकी छन्। सम्पदा भन्छिन्, “लोकदोहोरीमा यति खेलें कि त्यसैको ट्याग नलागोस् भनेर आधुनिकतिर लागेकी हुँ, यता पनि व्यस्तता बढेको छ।”

comments powered by Disqus

रमझम