१-१५ मंसिर २०६९ | 17-30 November 2012

कथा स्टार सपनाको

Share:
  
p61b
 
 

एक्टर्स स्टुडियोका कलाकारहरूले १४–२८ कात्तिक काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्रस्तुत गरेको नाटक ओह स्टार दुनियाँ मा स्टार बन्ने सपना बोक्नेहरूको कथा प्रस्तुत भयो। अनुप बराल निर्देशित यो नाटक भारतका नील चौधरीले लेखेको यसअघि १९–२९ असोजमा एक्टर्स स्टुडियोकै कलाकारद्वय सायद अशोक र सुयेस प्रधानले नेपालीमा अनुवाद गरेका ओह स्टार दुनियाँ सत्यजीत रेको कथा पतोल बाबु फिल्मस्टारमा आधारित छ।   

दुई घण्टाको नाटकले मान्छेको जीवनयात्रा, उसले पाएका अवसर र सपनाको असफलताहरूको दृश्याङ्कन गरेको छ। नाटकका पात्रहरूले दारुण अवस्थामा पनि जीवनको चाहना र सपनाहरू बिर्सदैनन्। नाटकमा राजकुमार पुडासैनी, देव न्यौपाने, सृजना सुब्बा, अरुणा मानन्धर, शान्ति गिरी, सुदाम छत्कुली, मनिता मानन्धर, जीवन अधिकारी, विनिता थापा मगर, सरोज भण्डारी, अम्बर सुवेदी, सृजना अधिकारी, भीष्म खतिवडा, विश्वास काफ्ले र सम्भव श्रेष्ठले राम्रो अभिनय गरे। 
comments powered by Disqus

रमझम