१-१५ मंसिर २०६९ | 17-30 November 2012

गायनमा बीपी

Share:
  
p61c
 
 

तीन वर्ष नयाँदिल्ली बसेर पण्डित इन्दुप्रकाश त्रिवेदीबाट शास्त्रीय तथा आधुनिक संगीतको ज्ञान लिएका बर्दियाका बीपी वाग्लेको पहिलो एकल अल्बम मधुर वचन श्रोतामाझ् आएको छ। अल्बम सार्वजनिक भएसँगै उनको गायकीले प्रशंसा पाइरहेको छ। उनी नेपाली सुगम संगीतको दुनियाँमा सम्भावना भएका गायकको रूपमा उदाएका छन्।  

मधुर वचन मा पण्डित त्रिवेदी, वसन्त सापकोटा, प्रवेश मल्लिक र चेतन चुडालको संगीत छ भने डा. भोला रिजाल, रेशम विरही, चिरञ्जीवी शर्मा, जनप्रिय खनाल, चन्द्रनारायण भट्ट र वाग्ले स्वयंका रचना समावेश छन्। गायनमा उनलाई माण्डवी त्रिपाठी र रजिना रिमालले साथ दिएका छन्। 

 

comments powered by Disqus

रमझम