१-१५ मंसिर २०६९ | 17-30 November 2012

बढ्दो फूल प्रेमी फष्टाउँदो बजार

Share:
  
r8
 
 

नेपालमा फूल व्यवसायप्रतिको आकर्षण बढ्दो छ। चाडबाडको बेला मात्र हैन अन्य समयमा पनि फूलको माग अत्यधिक बढेपछि पुष्ष व्यवसाय पनि फराकिलो हुँदै गएको छ। व्यवसायीहरूको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार गत आर्थिक वर्षमा करीब सवा अर्ब रुपैयाँको पुष्प कारोबार भयो। गत १७–१९ कात्तिकमा जावलाखेलमा भएको एउटै पुष्प मेलामा रु.१९ लाखको कारोबार भएको थियो। फ्यानका उपाध्यक्ष कुमार कसजू श्रेष्ठ भन्छन्, “विगतका वर्षहरूमा विदेशबाट फूल आयात गरिन्थ्यो तर अहिले आन्तरिक उत्पादनले नै पुग्न थालेको छ।” 

अघिल्लो दुई आर्थिक वर्षमा नेपालबाट रु.१९ करोड १४ लाख बराबरको फूल निर्यात भएको उपाध्यक्ष श्रेष्ठले बताए। फ्यानमा पुष्प व्यवसायमा सम्बद्ध ३५ जिल्लाका करीब ६३५ व्यवसायी संगठित छन्। एउटा नर्सरीले मासिक रु.१० लाखसम्मको फूलको कारोबार गर्न थालेको र पुष्प व्यवसायबाट करीब ४० हजारले प्रत्यक्ष रोजगारी पाएको फ्यानको दाबी छ। २४ वर्षदेखि पुष्प व्यवसायमा सक्रिय अजिमा नर्सरी कुलेश्वरका प्रेम कार्की यसमा मिहिनेत गरे राम्रो आम्दानी हुने बताउँछन्। सौन्दर्यको प्रतीक मानिने फूल शुभकार्य होस् या चाडपर्व अनिवार्य बनेको छ।
 
ऋषिराम कट्टेल 
comments powered by Disqus

रमझम