१-१५ मंसिर २०६९ | 17-30 November 2012

रहिनन् नेपाल चिनाउने लेखक

Share:
  

 

r9
 
हान सुयिन

भर्खर–भर्खर बाहिरी दुनियाँमा खुल्न लागेको नेपाललाई द माउण्टेन इज योङ भन्ने उपन्यासबाट सन् १९५८ मै संस्ाारसामु चिनाएकी चिनियाँ मूलकी बेलायती लेखक तथा चिकित्सक हान सुयिनको ९५ वर्षको उमेरमा स्वीट्जरल्याण्डको लुजानस्थित घरमा निधन भयो। पेन्गुइन बुक्स्ले प्रकाशन गरेको उक्त कृति आधुनिक नेपालको बारेमा लेखिएको पहिलो उपन्यास थियो। 

राणाकालमै स्वीट्जरल्याण्डबाट नेपाल आएकी र पटक–पटक गरी लामो समय बिताएकी हानले आफ्ना अरू कृति झै यो उपन्यास पनि यथार्थ पात्रहरूलाई काल्पनिक नाममा ढालेर लेखेकी छन्। द माउण्टेन इज योङ मा त्रिभुवन राजपथ निर्माणको क्रममा आएका एक भारतीय इञ्जिनियर, जोसँग पछि उनको घरजम नै भयो, लाई नेपाली पात्र बनाएकी हानले आफू बसेको बेलाको नेपालको सही चित्रण गरेकी छन्। आफ्नो समयमा 'बेष्ट–सेलर' रहेको सो उपन्यास अहिले पनि राम्रै बिक्री हुनेमा पर्दछ। 

 

comments powered by Disqus

रमझम