७-१३ मंसीर २०७१ | 23-29 November 2014

अल्बमको रकम गाउँलाई

Share:
  
संखुवासभाको माम्लिङमा जन्मिएर रुकुमको झुम्लाबाङलाई कर्मथलो बनाएकी गीतकार पद्मा लिंखाले आफ्नो पहिलो अल्बम 'नजर' को बिक्रीबाट प्राप्त रु.७ लाख १३ हजार २५० झुम्लाबाङको विकासमा सहयोग गरेकी छन्। राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उक्त रकम झुम्लाबाङ गाउँको विकासमा सक्रिय जेभीएफ फाउन्डेशनका संयोजक पूर्णबहादुर बुढा मगरलाई हस्तान्तरण गरे। हाल अमेरिकामा रहेकी गीतकार पद्माको अल्बममा राजेश थापाको एकल संगीत छ भने संगीता राना, उदय सोताङ, राजेशपायल राई, स्वरुपराज आचार्य, रीमा गुरुङ होडा, अञ्जु पन्त र दीपक लिम्बूको स्वर छ। यो रकम झुम्लाबाङ सामुदायिक स्वास्थ्य केन्द्र निर्माणमा खर्च गरिने संगीतकार राजेश थापाले बताए।

लक्ष्मण केसी, रुकुम

comments powered by Disqus

रमझम