२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

यौटा चरा धेरै कुरा

Share:
  
- दीपक ज्ञवाली

६ वर्षअघि नेपालमा पहिलो पटक व्यावसायिक पालन थालिंदा धेरैको ध्यान तानेको थियो, विश्वको सबभन्दा ठूलो पक्षी अस्ट्रिचले। अहिले त्यही अस्ट्रिचको मासु र त्यसका अंगबाट बनेका सामान थप आकर्षण बनेका छन् रुपन्देहीको गंगोलियास्थित फार्मको। मासु त मासु भइहाल्यो, अस्ट्रिचको प्वाँख र छालाबाट बन्ने आकर्षक पोशाक, अण्डाका खोलका सामग्री, बोसोबाट बन्ने तेलले धेरैलाई आकर्षित गरिरहेका छन्।

रुपन्देहीको गंगोलियामा पालिएका अस्ट्रिच।

पोशाक उत्पादनका लागि ट्यानिङ गरिएको अस्ट्रिचको छाला

मासु।

अस्ट्रिचको अण्डाको खोलबाट बनाइएका सजावट बल्ब कभरहरु।

अस्ट्रिचको बोसोबाट बनेको तेल।
अस्ट्रिचको मासु र सजावटका सामग्री महँगा भएकाले यसका ग्राहक ठूला होटल, कार्यालय र पैसावालहरू नै हुन्। यसको मासु प्रति किलो रु.२५०० सम्म पर्छ भने अण्डाको खोलबाट बनेका सजावटका सामग्रीहरूलाई रु.३ हजारदेखि रु.१० हजारसम्म। यसरी नेपालमा अस्ट्रिचले व्यावसायिक सम्भावना देखाएपछि रुपन्देहीकै सूर्यपुरा र दाङ जिल्लामा पनि यसको फार्म विस्तार भएको छ। अस्ट्रिच नेपाल प्रालिको गंगोलिया फार्ममा चार हजार अस्ट्रिच छन्। उड्न नसक्ने यो चरा प्रतिघण्टा ८० किलोमीटरसम्म दौडन सक्छ भने ७ देखि पौने आठ फीटसम्म अग्लो हुन्छ। यसको वजन १५० देखि २५० किलोसम्म हुन्छ।

comments powered by Disqus

रमझम