१६-३० मंसिर २०६९ | 1-15 December 2012

वृत्तचित्रमा डेकेन्द्र

Share:
  
p60a
 

तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले १२ असार २०६१ मा अपहरण गरी हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापा र न्यायका निम्ति उनको परिवारले गरिरहेको संघर्ष समेटिएको वृत्तचित्र प्रदर्शित भएको छ। पत्रकारद्वय जनक नेपाल र नन्द देवकोटाले बनाएको वृत्तचित्रमा माओवादीले थापालाई 'सफाया' गरेको जनाए पनि लाश नदिएर परिवारजनलाई दिएको मानसिक यातनालाई खुलस्त पारिएको छ। राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाब पर्दा पनि माओवादीले लाश नदिएपछि कुशको लाश बनाएर थापाको अन्त्येष्टि गरिएको थियो। हत्या गरेको चार वर्षपछि थापालाई गाडिएको ठाउँ पहिचान गरी शव निकालिएको थियो। मानवअधिकार आयोगको टोलीले पहरोमुनि पुरिएको पत्रकार थापाको अस्थिपञ्जर निकाल्दाको हृदयविदारक दृश्य वृत्तचित्रमा समेटिएको छ। पत्रकार थापाकी आमा र श्रीमती लक्ष्मी वरिपरि घुमेको यो वृत्तचित्र राज्यको निर्दयीपनको तस्वीर पनि भएको छ। 

 
comments powered by Disqus

रमझम