१-१५ पुस २०६९ | 16-30 December 2012

गेटभित्रको विगत

Share:
  
p16
 
तस्बीर: मीनरत्न बज्राचार्य

इतिहासकारहरुका अनुसार, काठमाडौं उपत्यकामा लिच्छविकालमै १४ चैत्य–बिहार र २४ मन्दिर थिए। किराँतकालबाट व्यवस्थित वस्ती, मन्दिर र भवनहरू बन्न थालेको उपत्यकाका लिच्छविकालीन मानगृह, कैलाशकूट दरबार, भद्राधिवास भवन आदि इतिहास प्रसिद्ध छन्। उपत्यकामा कला–कौशलको स्वर्णकाल भने मल्लहरूले ल्याए। मल्लकालमा विकसित मौलिक वास्तुकलाले नेपाललाई विश्वमै अद्वितीय बनायो। भीमसेन थापा र खास गरेर, राणा शासकहरूले भने वास्तुकलामा पूरै कोलोनियल र नेओक्लासिकल शैली अपनाए। तीमध्ये राष्ट्रियकरणमा परेका कतिपय दरबारले अहिले सरकारी आवश्यकता पूर्ति गरिरहेका छन्। निजी भागबण्डा भएका धेरैजसो दरबार नासिएका, टुक्रिएका वा भग्नावशेष बनेका छन्। 

जमल–दरबारमार्ग ओहोर–दोहोर गर्दा विश्वज्योति हलको छेउमा देखिने पुरानो द्वार (हे.तस्वीर बायाँ) त्यस्तै एउटा संरचना हो, जसभित्रको ३७५ रोपनी जमिनमा कुनै बेला कलकत्ताको वेल्भेडियर प्यालेस जस्तै भव्य सेतो दरबार र फोहोरा दरबार थिए। नेपालको श्री ३ महाराज भएपछि वि.सं. १९४२ मा सेतो दरबार बनाएका वीरशमशेरले योसँगै फोहोरा दरबार, चारबुर्जा दरबार र लाल दरबार पनि बनाए। चारबुर्जा दरबारमा बाल्यकाल बिताएका इतिहासकार पुरुषोत्तमशमशेर राणा १९९० वैशाखमा आगलागी र माघमा महाभूकम्पको चपेटामा परेको सेतो दरबारको मूल बैठक कक्षको पुनर्निर्माणमा मात्र ऊबेला रु.१ करोड लाग्ने अनुमान गरिएको सम्झ्न्छन्। इतिहासकार राणा धेरै दरबार बनाउने राणा प्रधानमन्त्री वीरशमशेरका पनाति हुन्।

 
p16a
सौजन्यः पुरुषोत्तम शमशेर राणा
सेतो दरबार।

 

p16b
 
फोहोरा दरबारको भित्री भाग ।

 

p16c
 
फोहोरा दरबार ।

वीरशमशेरले वि.सं. १९५४ मा बनाएको चारबुर्जा दरबारको उत्तरी भागले अहिले निर्वाचन आयोग र उप–राष्ट्रपतिको कार्यालयको काम गरिरहेको छ भने वि.सं. १९५५ मा बनाएको फोहोरा दरबार भएको ठाउँमा अमेरिकीहरूको 'रिक्रिएसन सेन्टर' छ। लाल दरबारमा अहिले होटल याक एण्ड यती छ भने सेतो दरबार भएको क्षेत्रमा अन्नपूर्ण होटल लगायतका निजी भवनहरू छन्। 

comments powered by Disqus

रमझम