१-१५ पुस २०६९ | 16-30 December 2012

संस्कृति संरक्षणमा वली

Share:
  
p58d
 
 

खैरालो लालकुवा गैगयो, खयर कमाउनलाई  
मेरा सम्म साइ सक्दैनौ, माया लगाउनलाई 

सिंगारु गीतका यी हरफलाई सहारे–४ पोखराका कालीबहादुर वली (६३)ले जति मिलाएर नयाँ पुस्ताले गाउन सक्दैन। लामो भाका हालेर गाइने यस्ता गीतहरू अहिले हराउँदै पनि गएका छन्। मादल, खैंजडी, झयाली, मुरली आदि बाजाको धुनमा गाइने लोकगीतहरू हराउँदै गएकोमा चिन्तित वली यसमा डेक (क्यासेट, सीडी आदि) लाई मुख्य दोषी मान्छन्। “पुरानो लोकसंगीत हाम्रो चिनारी हो”, वली भन्छन्, “तर, डेक आएपछि मानिसहरू आफ्नो गीतमा नाच्नै छोडेका छन्।” 
 
त्यही भएर उनी लोकगीत/लोकनृत्य जोगाउने अभियानमा लागेका छन्, गाउँका युवकहरूलाई सिंगारु, पैसारी र कुटकुटे नाच सिकाउँछन्। यसका लागि उनले 'देवी हरियाली पैसारी सांस्कृतिक समूह' बनाएका छन्। समूहका अध्यक्ष वली बाउबाजेले गाएका/नाचेका गीत/नाच सिक्न युवा पुस्ताले रुचि देखाएर सिकेकोमा खुशी पनि छन्। 
 
तीला भण्डारी 
comments powered by Disqus

रमझम