१-१५ पुस २०६९ | 16-30 December 2012

क्यावात ! केसाङ

Share:
  
p59a
 
 

डकुमेन्ट्री मेकर केसाङ छेतेनका लागि दशौं संस्करणको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) निकै फलदायी बन्यो। २२–२६ मंसीरमा राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भएको किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको वृत्तचित्र हु वील बी गोर्खा सर्वोत्कृष्ट बन्यो भने 'पब्लिक च्वाइस अवार्ड' पनि उनैले जिते। केसाङ छेतेन किम्फको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने पहिलो नेपाली डकुमेन्ट्री मेकर हुन्। उनले अवार्डसँगै १५ सय अमेरिकी डलर पाए। 

यो वृत्तचित्रले ब्रिटिश गोर्खा फौजको थोरै सीटमा पर्न हजारौं नेपाली युवकले गरेको मरिहत्ते संघर्ष देखाउँछ। रातो मच्छिन्द्रनाथ, हामी कुनाका मान्छे, सेभिङ डोल्मा, सर्चिङफर रियाल, लडाइँमा जनता लगायतका डकुमेन्ट्री मेकर छेतेनले यो वृत्तचित्र बनाउन १५ महीना लागेको बताए। २८ देशका ६२ फिल्म सहभागी यो महोत्सवमा पोल्याण्डको वृत्तचित्र आर्ट अफ फ्रिडम दोस्रो र फ्रान्सको नोम्याडिक नाइट्स तेस्रो भए। किम्फ स्पेशल मेन्सन अवार्ड भने चीनको वृत्तचित्र वेकिङ द ग्रीन टाइगर ले पायो। यसैगरी, नेपाली प्यानोरमातर्फ उत्कृष्ट वृत्तचित्र अवार्ड रमेश खड्काको काडामण्डौ र उत्कृष्ट चलचित्र अवार्ड आसिम चित्रकार निर्देशित हरि ले पायो।  
 
हिमाल एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने किम्फको यो संस्करण विगतको तुलनामा निकै बृहत् भएको संस्थाका अध्यक्ष वसन्त थापाले बताए।

 

 

 

comments powered by Disqus

रमझम