१-१५ पुस २०६९ | 16-30 December 2012

'पैसा कमाउने धन्दा भयो अवार्ड'

Share:
  
p60a
 
 

चलचित्रकर्मी र संगीतकर्मीलाई सम्मान भन्दै गएको दुई सातामा विन्दवासिनी म्युजिक अवार्ड, फिल्मीखबर डिजिटल अवार्ड र बक्स अफिस फिल्म अवार्ड वितरण भए। तर, यसको खुल्ला विरोध गरिरहेका छन् चल्तीका संगीतकार वसन्त सापकोटा। सिम्पल सिम्पल कान्छीको, सागर सरी चोखो माया, तिमी विनाको जीवन लगायतका गीतका संगीतकार सापकोटाले यस्ता अवार्डमा सहभागी नै नहुने घोषणा पनि गरेका छन्। 

कुनै अवार्ड नलिने भन्नुभएछ, किन? 
हिजोका दिनमा अवार्ड पाउँदा गर्व महसूस हुन्थ्यो, तर अहिले पाउनेको भन्दा नपाउनेको इज्जत होला जस्तो अवस्था आयो। अवार्डको नाममा पैसा कमाउने खेल भइरहेको छ। अनि के गर्ने त?  
 
अवार्डमा सही मूल्यांकन हुँदैन? 
हुँदैन। दुई सातामा तीन अवार्ड बाँडिए, कसले कसरी पाए भनेर निष्पक्ष मान्छेलाई सोध्नुस् त, के भन्छन्!
 
पैसाको खेल हुन्छ भन्ने आधार के? 
साँच्चिकै स्रष्टालाई सम्मान गर्ने हैन, कमाउने धन्दा हो भनेर दुनियाँलाई थाहा छ।
 
जुरी पनि हुन्छ, तपाईले भने जस्तो धाँधली होला र? 
जुरी त हात्तीको देखाउने दाँत हो। अवार्ड बाँडिन्छ, अरू केही हुँदैन। म भन्छु, पैसा कमाउनलाई अरू क्षेत्र पनि छन्। अवार्ड भन्दै सच्चा स्रष्टाको अपमान नगर्नुस्। 
comments powered by Disqus

रमझम