१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

'अभयको जात्रा'

Share:
  

भारतीय दूतावासका सांस्कृतिक सहचारी अभय कुमारको कविता संग्रह 'जात्रा' सार्वजनिक भएको छ। कवितामा आफूले नेपाल बस्दा देखे–भोगेका कुरा उतारेको अभय बताउँछन्। यसअघि उनका दुई संस्मरण र पाँच वटा कविता संग्रह प्रकाशित छन्।

'जात्रा' मा इटालियन कलाकार तार्शितोका चित्रकला पनि समावेश छन्। कविता संग्रह विमोचनसँगै दरबारमार्गस्थित द सिटी म्युजियममा ती चित्रकला समेत प्रदर्शन गरियो। अभयका कवितालाई पत्रकार किशोर नेपालले नेपालीमा अनुवाद गरेका हुन्।


टेलिभिजन रेडियो !

विनय शंकर

न ट्रान्समिटर, न स्याटेलाइट, न अरु रेडियोबाटै सुनिन्छ। १ वैशाखदेखि दार्जीलिङवासी टेलिभिजन केबुलबाटै एफएम रेडियोको धित मारिरहेका छन्। वैष्णवी प्रोडक्सनले डीटीभी (दार्जीलिङ टेलिभिजन) च्यानलबाटै नेपाली भाषामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। टेलिभिजनमा रेडियोमा झ्ौं उद्घोषक आउँछन्। कार्यक्रम प्रस्तुत गर्छन्। गीत बज्दा भने टेलिभिजन स्त्रि्कनमा अल्बमको आवरण मात्र देखिन्छ।

वैष्णवी प्रोडक्सनका निर्देशक आदित्य राय दार्जीलिङमा एफएम रेडियोको खाँचो पूरा गर्न टेलिभिजनबाटै भए पनि कार्यक्रम शुरु गरेको बताउँछन्। डीटीभीको यो कार्यक्रम करीब पाँच लाख नेपालीभाषीले सुन्ने उनको दाबी छ।

भारत सरकारले नेपाली भाषीका लागि सन् १९६२ मा 'आकाशवाणी खर्साङ रेडियो' स्थापना गरेको थियो। तर, नयाँ पुस्ताका दार्जीलिङे नेपाली टेलिभिजन च्यानल र एफएम रेडियोमै मग्न हुने गरेका छन्।

सञ्जय प्रधान


पूर्वकी सुन्दरी

विराटनगरकी १८ वर्षीया प्रियंका श्रेष्ठ छैटौं मिस पूर्वाञ्चल बनेकी छन्। २ वैशाखमा धरानमा आयोजित प्रतियोगिताकी विजयी श्रेष्ठलाई मोडलिङ र अभिनय भन्दा समाजसेवामा रुचि छ। काठमाडौंको आरसी कलेजमा चार्टर्ड एकाउन्टेन्टकी विद्यार्थी प्रियंका भन्छिन्, “पहिले पढाइ पूरा गर्छु, अनि मात्र के गर्ने भनेर सोच्छु।” मिस पूर्वाञ्चल बनेसँगै उनले स्कुटी र हङकङ भ्रमणको अवसर पाएकी छन्। एक वर्षलाई उनी भेडेटार पर्यटन, आसरा सुधार केन्द्र र बूढासुब्बा गोल्डकप फूटबल प्रतियोगिताको सद्भावना दूत पनि बनेकी छिन्।

सोहन श्रेष्ठ, धरान

comments powered by Disqus

रमझम