१-१५ पुस २०६९ | 16-30 December 2012

कलेज डान्स च्याम्प

Share:
  
p60b
 

उपत्यकाका तीनै शहरबाट छानिएका ७५ प्रतियोगीलाई पछि पार्दै मोर्गन इन्टरनेशनल कलेजका प्रदीप के.सी. डान्सिङ सुपरस्टार घोषित भए। ड्रिम फ्याक्ट्री इन्टरटेनमेन्ट ग्रुपद्वारा आयोजित इमेज च्यानलमा तीन महीना साप्ताहिक रूपमा प्रशारण भएकोे यस कार्यक्रममा डान्स च्याम्प बनेपछि प्रदीपले ट्रफीसँगै पचास हजार नगद र एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर पनि पाएका छन्। प्रतियोगितामा प्रसादी एकेडेमीकी सुजाता ठकुरी, टि्रनिटी इन्टरनेशनल कलेजकी प्रतिमा मल्ल फष्ट र सेकेण्ड रनरअप भए। फेसबुक भोटिङबाट प्रतिमाले मष्ट पपुलर डान्सिङ स्टारको उपाधि जितेकी थिइन्।

 
p60c
 

मंगोलियन गर्ल 

करीब एक दर्जन कलेक्सन अल्बममा गाएकी तामाङ भाषी चलचित्रकी नायिका/गायिका चन्दा घिसिङको एकल अल्बम मंगोलियन गर्ल श्रोतामाझ् आएको छ। एक्सन इन्टरटेनमेन्ट प्रालिको पहिलो प्रस्तुति यो अल्बममा झ्ुम्का गिर्‍यो रे, आउने भए आउ माया, चोरी भो चोरी भो लगायत आठ गीत छन्। रचनाकारमा डा. भोला रिजाल, भुपेन्द्र खड्का, कृष्ण अविरल, सुसन लामा, सतिज श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, सुरजसिंह ठकुरी र अशोकप्यासी राई छन् भने शम्भुजित बास्कोटा, आरबी घिसिङ, विजु बज्र, सुसन लामा, सतिज श्रेष्ठ, मीन बिष्ट, रोशन शाही र शान्तिराम राई अल्बमको संगीतकार  छन्। 
comments powered by Disqus

रमझम