२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

गाँस

Share:
  

राहतको सकसः सिन्धुपाल्चोकको बेसरीमा सरकारी राहत थाप्दै धुम्थाङ–७ की महिला।

विपत् भण्डारण स्थलः नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले त्रिभुवन विमानस्थलमा संयुक्त रुपमा स्थापित गरेको मानवीय सहायता स्थल। ११ चैत २०७१ मा यसको उद्घाटन भएको थियो।

तस्वीरहरूः गोपेन राई
पुनर्जन्मः छिमेकीको घरले पुरिएको केही घण्टामा उद्धार गरिएकी माझीगाउँ सिन्धुपाल्चोककी अम्बिका माझी। भाग्ने क्रममा उनले आफूले बोकेको भाइ भने बचाउन सकिनन् ।


बास

व्यवस्थापनः पुरातात्विक स्थल काठमाडौं दरबार स्क्वायरमा महाभूकम्पले भत्किएका भवनको फोहोर सफा गरिंदै।

गोपेन राई
जोहोः भत्किएको घरमा पुरिएको अन्न संकलन गर्दै माझीगाउँ, सिन्धुपाल्चोककी महिला।

तुफान न्यौपाने
पुनर्स्थापनातिरः घर भत्केपछि अस्थायी बासस्थान निर्माणमा जुटेका जीवनपुर–५, धादिङका रामेश्वर घिमिरे ।

ओमआस्था राई
बिर्संदै पीडाः महाभूकम्पले दिएको पीडाबाट सामान्य जीवनतिर...। मेलम्ची–१३, सिन्धुपाल्चोकका बालिका।

comments powered by Disqus

रमझम