१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

मिहिनेती मेनुका

Share:
  
- अनुशील
p60
 
तस्वीरः अनुपप्रकाश

नवलपरासी, गैंडाकोटकी मेनुका प्रधान अहिले नेपाली रङ्गमञ्च र फिल्म क्षेत्रमा आशालाग्दो नाम भएको छ। एक दिन एक रात, भीसा गर्ल, सुनगाभा र भिजिलान्ते लगायतका फिल्महरूमा अभिनय गरेकी मेनुकाले मलामी, काफ्का एक अध्याय, पुलबाट हेर्दा, कन्फ्रेन्स अफ वर्थ, एञ्जल अफ द अमेरिका लगायतका आधा दर्जन नाटकमा अभिनय गरिसकेकी छन्। एक्टर्स स्टुडियोकी प्रशिक्षार्थी उनले यसबीचमा म्युजिक भिडियो, टेलिफिल्म र रेडियो नाटकहरूमा पनि काम गरिन्। पाँच मिनेटकै भूमिका भए पनि चरित्रमाथिको न्यायमा उनी सधैं गम्भीर रहन्छिन्, मिहिनेत गर्छिन्।  

 
चार वर्षअघि राजधानी पस्दा फेशन डिजाइनर या आर्किटेक्ट बन्ने मेनुकाको चाहना थियो भने अभिनय सोख मात्र। अहिले अभिनय नै करिअर बने पनि पूरै निर्भर हुने अवस्था नभएको उनको विश्लेषण छ। “नेपालमा राम्रा फिल्म थोरै बन्ने गरेकाले तिनमा अवसर पाउनै गाह्रो छ”, स्ट्रिट ज्याज डान्स समेत सिकिरहेकी मेनुका भन्छिन्, “अनेकथरी मान्छे भेटिन्छन्, अनेक फिल्मको अफर आउँछ तर राम्रो मान्छे र स्त्रि्कप्ट पाउन सिला खोजे जसरी खोज्नुपर्छ।”  

 

comments powered by Disqus

रमझम