१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

फरक धारमा अर्पण

Share:
  
p60b
 
 

बेलायती निर्देशक मुरे केरले चार वर्षअघि बनाएको नेपाली चलचित्र सिकसिटी बाट 'ब्रेक' पाएका अर्पण थापाले त्यसपछि लगातार धन्दा, छड्के र बधशाला मा अभिनय गरे। यीमध्ये १३ पुसबाट प्रदर्शनमा आएको धन्दा बाट अहिले उनी चर्चामा छन्। यो चलचित्रमा उनी वैदेशिक रोजगारमा पठाउनेहरूको फन्दा परेका युवा पात्रको भूमिकामा छन्। भारतको किशोर नमित कपुर एक्टिङ स्कूलमा एकवर्षे अभिनय कोर्ष गरेका धन्दा का प्रमुख पात्र र लेखक अर्पण भन्छन्, “धन्दा मेरो करिअरको एउटा माइलस्टोन हुनेमा विश्वस्त छु।” 

सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा अर्पणले उम्दा अभिनय गरेका छन्। यसअघि नेपाली चलचित्र ब्याच नं सिक्टिन मा दमदार खलपात्रका रूपमा देखिएका अर्पणले डेनिस निर्देशक रसमस होल्मस्को छोटो फिल्म सी हर्स मा पनि राम्रो अभिनय गरेका थिए। २०१० को किम्फमा नेपाली पानोरामा अन्तर्गत सर्वोत्कृष्ट भएको सिकसिटी मा उनी प्रमुख भूमिकामै थिए। स्पेनी निर्देशक इसीआर बोर्लिनको अंग्रेजी फिल्म काठमाडौं सङ मा अर्पणले गरेको अभिनय हेर्न बाँकी छ। 

 

 

comments powered by Disqus

रमझम