३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

अमेरिकामा 'घुम्ती किम्फ'

Share:
  

नेपालमा हुँदै आएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। 'घुम्ती किम्फ' का रुपमा देश बाहिर प्रदर्शन थालेको किम्फ १२ भदौमा न्यूयोर्कस्थित शेर्पा किदुगको हलमा हुनेछ।

नेपालका ४७ जिल्ला पुगिसकेको किम्फले गत वर्ष हङकङ र मकाउबाट मुलुक बाहिरको यात्रा थालेको हो। न्यूयोर्क प्रदर्शनीमा किम्फको १२औं संस्करणका पुरस्कृत वृत्तचित्रहरु सुनकली, पवन, पुन्टेको पांग्रो र बालकृष्ण सम प्रस्तुत गरिनेछ।

पुन्टेको पांग्रो।

पवन।

सुनकली।

हिमाल एसोसिएसनद्वारा आयोजित किम्फका अध्यक्ष बसन्त थापा फिल्म मनोरञ्जन मात्र नभई नौला ज्ञान, सूचना र विचारको स्रोत भएकाले 'घुम्ती किम्फ' शुरु गरिएको बताउँछन्। थापा भन्छन्, “देश बाहिरको हकमा हामी सुरूआती चरणमा छौं, दर्शकको सहभागिता र बन्दोबस्तीका आधारमा थप योजना तय गर्नेछौं।”

अमेरिकाको सनफ्रान्सिस्कोमा जारी 'फेस्टिभल अफ ग्लोब्स' अर्न्तगत 'सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव'मा प्रस्तुतिका लागि अभ्यासरत् नेपाली कलाकारहरु नन्दिता केसी, शंकर बीसी र केकी अधिकारी (बायाँबाट क्रमशः)। महोत्सवमा नेपालीहरुको आकर्षण हो, नेपाली अभिनेता सुनिल थापालाई प्रदान गर्न लागिएको 'ग्लोबल लाइफ टाइम एचिभमेन्ट अवार्ड।' हलिउड अभिनेता ज्याकी चान र भारतीय संगीतकार बप्पी लाहिरीसँगै थापा सम्मानित भएका हुन्।

किम्फको न्यूयोर्क प्रदर्शनको सहआयोजक एभरेस्ट टाइम्स का प्रधान सम्पादक आङछिरिङ शेर्पा दुरुस्त नेपाली जनजीवनलाई देखाउन कार्यक्रम आयोजना गरिएको बताउँछन्। “प्रदर्शनबाट संकलित रकम सोलुखुम्बुस्थित चाँगेस्थान उमाविलाई सहयोग गरिने योजना छ”, शेर्पा भन्छन्।

ङिमा पाखि्रन, न्यूयोर्क

comments powered by Disqus

रमझम