समीक्षक प्रिय

Share:
  

अभिनयमा आत्मविश्वासी देखिएकी अभिनेत्री प्रियंका कार्की पहिलोपटक समीक्षकको नजरमा परेकी छन्। चलचित्र समीक्षक समाज (फिक्सन) ले यस वर्षको उत्कृष्ट अभिनेत्री पुरस्कार चलचित्र सुन्तली बाट प्रियंकालाई दिने निर्णय गरेको छ।

पछिल्लो तीन वर्षमा १९ वटा चलचित्रमा अभिनय गरेकी २८ वर्षीया प्रियंका सन् २००५ की मिस टिन प्रतियोगिता जित्दै टेलिभिजन प्रस्तोता बनेकी थिइन्। सन् २०१३ मा अमेरिकाबाट चलचित्र निर्माणमा स्नातक सिध्याएर नेपाल फर्केकी उनी लगत्तै अभिनयमा सक्रिय भएकी थिइन्।

तीन वर्षयता अभिनयका आधा दर्जनभन्दा बढी पुरस्कार पाइसकेकी प्रियंकालाई समीक्षक समाजको पुरस्कारले वेग्लै सन्तुष्टि दिएको छ। “दर्शकको माया त पाउँदै आएकी हुँ”, प्रियंका भन्छिन्, “समीक्षकले समेत राम्रो मूल्यांकन गर्दा चुनौती बढ्ने रहेछ।”

comments powered by Disqus

रमझम