१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

मिस नेपाल यूएसमा प्रियंका

Share:
  

नौ प्रतियोगीलाई पछि पार्दै नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले 'पाँचौं मिस नेपाल यूएस २०१५' को ताज पहिरिएकी छन्। नेपालस्थित ई–प्लानेटको सहकार्य र अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा ५ भदौमा भएको प्रतिस्पर्धामा प्रियंकाले मिस फोटोजेनिकको उपाधिसमेत हात पारिन्।

न्युयोर्कस्थित नैतिक संस्कृति संगीत सभा कक्षमा भएको प्रतियोगितामा कौशली लामा फस्ट रनर अप भइन् भने नेहा झा सेकेन्ड रनर अपसहित मिस ट्यालेन्टसमेत चुनिइन्। दिव्य भण्डारी मिस पर्सनालिटी भएको प्रतियोगितामा मिस कल्चर एण्ड टुरिस्टमा शारुन गामी, मिस पपुलरमा स्मृति गिरी, मिस डिसिप्लिनमा सुनिता पुन तथा मिस बेस्ट वाक्मा कौशिला लामा छानिएका छन्।

भूकम्पपछिको नेपाल पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बलिउड अभिनेत्री मनिषा कोइराला, अभिनेता गुलसन ग्रोभर, सीएनएन तथा फक्स न्यूजकी समाचारवाचिका किरण छेत्री, २०१० की विश्व सुन्दरी प्रतियोगिताकी प्रथम उपविजेता ईमा वारस सहभागी थिए। कार्यक्रमको उद्घाटन न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीले गरेका थिए।

ङिमा पाखि्रन, न्यूयोक

comments powered by Disqus

रमझम