२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

शिक्षामा व्यङ्ग्य

Share:
  
प्रदर्शनी अवलोकन गर्दै शिक्षाविद् केदारभक्त माथेमा।

त्यसो त व्यंग्यका लागि अहिलेको नेपालमा कुनै निश्चित विषय वा वस्तु नै चाहिन्छ भन्ने छैन। हरक्षेत्रमा बेथिति मौलाएको हेर्दा लाग्छ, व्यंग्यका लागि नेपाल उर्वर भूमि हो। जनता आफैंप्रतिको व्यंग्यमा समेत अभ्यस्त हुन बाध्य छन्।

रविन साय्मि

केदारभक्त माथेमा।

अविन

वासु क्षितिज

अशोकमान सिं

कार्टुनिष्ट क्लब नेपाल, शिक्षा पत्रकार समूह र अलायन्स फर सोसल डायलगद्वारा २१–२३ भदौमा राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित 'चित्र–विचित्र' कार्टुन प्रदर्शनी हेर्दा विकृतिप्रतिको नागरिकको निराशा अझ्ा चुलिन्छ। मुलुकको शिक्षा क्षेत्रमा रहेका विकृति झल्काउन २६ कार्टुनिष्टका ५५ कला पर्याप्त लाग्छन्। प्रदर्शनीमा वात्स्यायन, रविन साय्मि, अविन श्रेष्ठ, वासु क्षितिज, अशोकमान सिं, खोकना, रवीन्द्र मानन्धर, दीपक गौतम, भानु भट्टराई, योगेशकुमार खपांगी, देवेन्द्र थुम्केली लगायतका कार्टुन समावेश थिए। शिक्षाविद् केदारभक्त माथेमाको कार्टुन पनि प्रदर्शनीमा राखिएको थियो।

वात्स्यायन

जीवन राजोपाध्याय

भानु भट्टराई

कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठ प्रदर्शनीबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिए। धेरैजसो राजनीतिक कार्टुन हेरिरहेकाहरूलाई हरेकको जीवनसँग प्रत्यक्ष जोडिएको शिक्षाजस्तो विषयमा बनाइएका कलाले छोएको उनको भनाइ छ। “शिक्षाका विकृतिबारे आँखा खोलिदिने हामी चित्रकारको प्रयास हो यो”, अविन भन्छन्, “अब नीति निर्माताले विकृति अन्त्य गर्न अघि सर्नुपर्छ।” शिक्षा पत्रकार समूहका अनुसार राजधानीमा प्रशंसित यी कार्टुन देशका अन्य भागमा पनि देखाइने छ। केदारभक्त माथेमा

comments powered by Disqus

रमझम