‘लाशमा त आत्मनिर्भर बनौं’

Share:
  

मरणोपरान्त शरीर दान गर्ने कानूनी प्रक्रिया २५ चैतमा पूरा गरेका वरिष्ठ पत्रकार भैरव रिसाल (८४) भन्छन्, “हामी सबै चिजमा विदेशको भरमा छौं, कमसे कम लाशमा त आत्मनिर्भर बनौं न !”

मरणोपरान्त शरीर दान गर्दा के कस्तो प्रक्रिया अपाउनुपर्ने रहेछ ?

शुरूमा आफूले शरीर दान गर्न चाहेको संस्थामा गएर निवेदन दिने हो । त्यसपछि उत्तराधिकारीको मञ्जुरीनामा प्रस्तुत गर्नुपर्छ । मेरी श्रीमती सुशीला र मेरो हकमा भाइहरूको समेत हस्ताक्षर बुझइयो । यस्तो काममा स्वास्थ्य संस्थाहरूले निकै हतोत्साहित गर्दा रहेछन् । पहिलो पटक भएर होला निकै समय लाग्यो ।

हाम्रा अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा शवको कमी नै छ त ?

विदेशबाट किनेर ल्याउनु परेको कमी भएरै त होला नि ! शव ल्याउने विषयमा पनि ठूलो खुराफात हुन्छ भन्ने सुनेको छु । अन्य चिज त विदेशबाट ल्यायौं ल्यायौं कमसे कम लाशमा त आत्मनिर्भर बनौं न !

सार्वजनिक हितका लागि यसरी शरीर दान गर्ने सोच कसरी आयो ?

हामी दम्पतीले २५ वर्षअघि नै मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका हौं । १५ वर्ष पहिले एउटा संस्थासँग दान सम्झैता पनि भयो । तसर्थ यो धेरै सोच विचार गरेर लिइएको निर्णय हो ।

मृत्युपछि दाहसंस्कार गर्ने परम्परा भएकोले यस्तो निर्णय लिँदा पारिवारिक÷सामाजिक अप्ठ्यारो भएन ?

भएन । श्रीमती र कान्छो छोरो पहिला नै ‘कन्भिन्स’ थिए । अरूले पनि विरोध गरेनन् । मुखले नराम्रो भन्ने एकदमै कम छन् । भित्री चित्त बुझउन नसकेकाहरू पनि होलान्, तर मेरो अगाडि केही भन्न सकेका छैनन् । समाज मानसिक रूपमा तयार नभइसकेको काम गर्दा यस्तो हुन्छ । तर, विस्तारै सामान्य बन्दै जान्छ ।

लोक हितका यस्ता अरू के–के काम गर्नुभएको छ ?

त्यस्तो ठूलो काम केही गरे जस्तो लाग्दैन । तर, सोधी हाल्नुभयो, हुम्ला उज्यालो, बाजुराका विद्यालयहरूका लागि शब्दकोश, डाँडामा पानी भकारी र सबैलाई रेडियो जस्ता अभियानमा संलग्न छु ।

comments powered by Disqus

रमझम