तपाईंहरूले सुरुङ निर्माणबारे लामो समयदेखि वकालत गर्दै आउनुभएको थियो, सरकारले नागढुङ्गा–नौबिसे खण्डमा सुरुङमार्ग निर्माणको शिलान्यास गर्दा कस्तो लागेको छ ?
हामी एकदमै उत्साहित छौं । सडक सञ्जाल र यातायातलाई सीधा र छिटो बनाउन सुरुङ मार्ग हाम्रो आवश्यकता भइसक्यो । सुरुङ निर्माणको काम अब व्यवहारमै कार्यान्वयन गर्नुपर्छ ।
विगतमा तपाईंहरूले जोड दिए पनि सुरुङ मार्गमा प्रगति हुन नसक्नुको कारण के हो ?
यातायातलाई छिटोछरितो र सहज बनाउन ठाउँठाउँमा सुरुङ बनाउनुपर्छ भनेर हामीले २०–२५ वर्षदेखि वकालत गर्दै आएका छौं । तर यसतर्फ चासो नदिनुमा मुख्य कुरा त सरकारको कमजोरी हो । त्यसबाहेक, हाम्रो स्रोत र क्षमता पनि थिएन । एक किलोमिटर सुरुङ निर्माण गर्ने रकमले ५०औं किलोमिटर सडक निर्माण गर्न सकिन्थ्यो । पछिल्लो समय हाम्रो स्रोत र क्षमता दुवैको विकास भयो । यस्तै, छिमेकी मुलुकहरूले पनि सुरुङ मार्गलाई प्राथमिकतामा राखेपछि यसको आवश्यकता बोध भयो ।
सरकारको कमजोरी केमा देख्नुहुन्छ ?
सुरुङमा सडक विभागले पहिले नै ध्यान दिनुपर्थ्यो । सरकारको निर्णायक तहमा बस्नेहरूले यस सम्बन्धमा निर्णय नै गर्न सकेनन् । कुनै अध्ययन नै नगरी यहाँको भूबनोटलाई समस्या देखाएर पन्छिने काम भयो । सुरुङको विषयमा ज्ञान नै नभएकाहरूले हचुवामा बोलेर बिगारे । जसका कारण ३० वर्षअघि नै शुरु हुनुपर्ने काम बल्ल अघि बढ्दैछ ।
नेपालमा सुरुङ मार्गको सम्भावना कति छ ?
एकदमै छ । सुरुङ जहाँ पनि बनाउने भन्ने होइन । केही यस्ता ठाउँ छन्, जहाँ सुरुङ नबनाएसम्म हाम्रो यातायात द्रुत हुन सक्दैन ।
भौगर्भिक हिसाबले कत्तिको चुनौती छ ?
चुनौती छन्, तर तिनको सामना गर्न हाभौगर्भिक हिसाबले कत्तिको चुनौती छ ?मी सक्छौं । भौगर्भिक अवस्था कतै राम्रो छ, कतै कमजोर । तर, बनाउन नसकिने होइन । बलियो चट्टान भएको ठाउँमा कम लगानीमै बन्छ भने कमजोर चट्टान भएको ठाउँमा बढी खर्चिलो हुन सक्छ ।