प्रदेश–१ को ‘स्वस्थ जीवन प्रवद्र्धन’ कस्तो कार्यक्रम हो ?
अहिले सरकारको नीति, कार्यक्रम तथा बजेट धेरै अस्पताल बनाउन र डाक्टर उत्पादन गर्न केन्द्रित छ । तर, ‘स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम’ उपचार गर्नुभन्दा रोग लाग्नै नदिने जागरण अभियान हो । पत्रु खाना नदिन र नियमित र अनिवार्य स्वास्थ्य जाँच गराउन जागरण थालेका छौं । संघीय स्वास्थ्य मन्त्रीबाट उद्घाटन भएकै दिन प्रदेशका सबै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रदेश सांसद, सबै जिल्लाको प्रतिनिधित्व हुने गरी प्रधानाध्यापक तथा शिक्षा क्षेत्रका व्यक्तित्व, स्वास्थ्यकर्मी र सरोकारवाला गरी ५०० भन्दा बढीले हस्ताक्षर गरेर अभियानमा प्रतिबद्धता जनाएका छन् ।
पत्रु खानाको निर्धारण कसरी गर्नुभएको छ ?
विज्ञ सहितको निर्देशक समितिको १६ पुसमा मेरै अध्यक्षतामा बसेको बैठकले पत्रु खानाको सूची तयार गर्न ‘विज्ञ समूह’ बनाएको छ । उक्त समूहले बनाएको सूचीका आधारमा ती खानेकुरा निषेध गर्नेछौं । उक्त सूची चाँडै सार्वजनिक गर्नेछौं । कतिपय पालिका र विद्यालयले पत्रु खाना निषेधित गर्न थालिसकेको जानकारी आएको छ ।
अभियानको अनुगमन कसरी हुन्छ ?
त्यसका लागि प्रदेशस्तरको समिति बनिसक्यो, अब जिल्लास्तरको बन्छ । माघभरिमा १३७ वटै पालिका र त्यसपछि सबै वडामा अनुगमन संयन्त्र बनाउने योजना छ ।
प्रदेशका रोगी र निरोगी नागरिकको तथ्याड्ढ सरकारसँग छ ?
एकपटकका लागि प्रदेशभर अनिवार्य सबैले स्वास्थ्य जाँच गराउने र त्यसपछि क्यान्सर, मधुमेह र रक्तचापको नियमित जाँच गराउने व्यवस्था गर्दैछौं । प्रत्येक जिल्लामा क्यान्सरको जाँच गर्न सक्ने गरी उपकरण र हरेक स्वास्थ्य केन्द्रमा २० वर्ष उमेर पुगेकाले रक्तचाप र मधुमेहको परीक्षण गर्नैपर्ने कानूनी व्यवस्था गर्दैछौं ।
यस्तो कानून कार्यान्वयन होला त ?
अब बन्ने मात्र होइन सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी संघीय कानून कार्यान्वयनमा पनि कडाइ गर्छौं । निरोगी बन्ने र रोग लाग्नु अघि स्वास्थ्य जाँच नियमित गराउने जागरण अभियानका लागि निर्देशिका जारी भइसक्यो ।
तत्कालीन भारतीय विदेश मन्त्री एसएम कृष्णन् नेपाल आउन लागेको सन्दर्भ पारेर एनेकपा माओवादीका अध्यक्ष दाहालले नयाँबानेश्वरको सभामा सम्बोधन क्रममा आन्तरिक राजनीतिको गाँठो फुकाउन भारतको भूमिका खोजी गर्दै चाकडी गरेका थिए । उनले वार्ता मालिकसँग गर्ने भन्दै भारतसँग वार्ताको लागि तयार रहेको बताएका थिए । शान्ति प्रक्रिया शुरु भएर त्यस वेलासम्म आइपुग्दा दाहालको असन्तुलित र आवेगपूर्ण बोलीको फेहरिस्तले अराजकता बढाउन बल पुर्याइरहेको देखिन्थ्यो ।
आफूलाई प्रम बनाइदिन खुल्लमखुल्ला दिल्ली गुहारेका दाहालले सकारात्मक प्रतिक्रिया नआएपछि राष्ट्रियताको आन्दोलनलाई राजनीतिक अस्त्र बनाउन थालेका थिए । संक्रमणकालको संवेदनशील समयमा प्रमुख दलको हैसियतमा जिम्मेवार भएर प्रस्तुत हुनुको साटो माओवादी राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गर्नमा रमाइरहेको थियो । सरकारमा पुग्न भारतसँग हदैसम्म लचकता अपनाउने वा आन्दोलन मार्फत सत्तामा पुग्ने रणनीतिमा लागे पनि दाहालको बोली र व्यवहारबीच तारतम्य नमिल्दा माओवादी अप्ठेरोमा परेको थियो ।