'महिलाभन्दा पुरुष नै बढी छन्'

Share:
  
p10
 

११ मंसीरमा सार्वजनिक राष्ट्रिय जनगणना २०६८ को नतिजाबारे त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभागका प्रा.डा. भीमप्रसाद सुवेदी भन्छन्, “अब राज्यपुनर्संरचनाको बहस अझै जटिल बन्न सक्छ।” 

२०५८ र २०६८ सालको जनगणनाको परिणाममा तात्विक अन्तर के छ? 
जनसंख्या वृद्धिदर घटेको छ। यसअघिको पहाडकेन्द्रित जनसंख्या तराईकेन्द्रित भएको छ। जातजातिको संख्या १२६ पुगेको छ।  विदेशिनेको संख्या ७ लाख ६२ हजारबाट बढेर १९ लाख २१ हजार पुगेको छ। पुरुषभन्दा महिलाको संख्या बढी देखिनु चाहिं तथ्याङ्कगत हिसाबले मात्र सही हो। यथार्थमा, महिला भन्दा पुरुष नै बढी छन्। विदेशिएकामध्ये ८५ प्रतिशत पुरुष भएको र ६ महीनाभन्दा बढी समय नबस्ने मान्छेलाई सम्बन्धित ठाउँमै गणना गर्ने पद्धति अपनाइएकोले मात्र पुरुषको संख्या कम देखिएको हो।  
 
जनगणनाको नतिजाले राज्यको आर्थिक, राजनीतिक पुनर्संरचनामा कस्तो प्रभाव पार्ला?  
आर्थिक र राजनीतिक पुनर्संरचनामा मानवस्रोत महत्वपूर्ण हुन्छ, किनभने साधन स्रोतको वितरणको आधार जनसंख्याको अनुपात नै हो। यसबाट निर्वाचन क्षेत्रहरू प्रभावित हुने निश्चित छ। राज्यपुनर्संरचनाको आधार पहिचानलाई बनाउने बहस भइरहेको सन्दर्भमा यसले थोरै जटिलता थप्न सक्छ।  
 
कतिपय जातजातिको सङ्ख्या, प्रतिशत घटेको छ; यसका पछाडि के–के कारण हुनसक्छन्? 
जनगणनामा परिचालित ४१ हजार जनशक्ति सबै दक्ष नै थिए भन्न सकिंदैन। उनीहरूमध्ये सबैलाई कुन थर कुन जाति अन्तर्गत हो भन्ने थाहा नभएको हुनसक्छ। गणकहरू सबै ठाउँमा पुगे होलान् भन्न पनि सकिंदैन।  
 
इसाई जनसंख्या बढ्ने व्यापक अनुमान गरिएकोमा त्यस्तो देखिएन; यो संख्या ठीकै होला त? 
नेपालमा इसाईहरू १,०१,९७६ बाट ३,७५,६९९ पुगेको देखियो। यो त बेपत्ता वृद्धि हो। किनभने, कुल जनसंख्यामा ३३ लाख ४३ हजार ८१ मात्र थपिएका छन्।  
 
जनगणनाको परिमाणलाई कतिपयले अविश्वसनीय पनि भनेका छन् नि! 
जनगणनाको अंकलाई मात्रै हेरेर धारणा बनाउनुहुँदैन। अघिल्लो जनगणनामा एमाओवादी द्वन्द्वका कारण सबै जिल्लामा गणना हुनसकेको थिएन। त्यतिबेला एक सुपरभाइजर बराबर पाँच गणक भएकोमा अहिले चार छ। कमजोरीरहित छ भन्ने होइन, तर यो जनगणनालाई विश्वास गर्न सकिने आधारहरू प्रशस्त छन्। 
comments powered by Disqus

रमझम