९ -१५ साउन २०७३ | 24-30 July 2016

'ओलम्पिकमा पदक जित्ने विश्वास छ'

Share:
  

७ साउनमा राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट वर्षखेलाडी -महिला) बनेकी जुडोकी फुपुल्हामु खत्री -२०) भन्छिन्, "सागको खुशी बल्ल साट्न पाएँ ।"

गोलनेपाल
उत्कृष्ट वर्षखेलाडीको अवार्ड जित्दा कस्तो लागेको छ?

मेरो मिहिनेत र दुःखको कदर भएको महसूस भइरहेको छ । देशका लागि खेल्दा सम्मान पाइँदोरहेछ । आत्मविश्वास बढेको छ । उत्तिकै राम्रा प्रतिस्पर्धीहरूबीच उत्कृष्ट हुनु आफैंमा खुशीको कुरा पनि हो । अर्को कुरा, हंगेरी ओपन जुडो च्याम्पियनसिपमा भाग लिन गएकाले सागमा स्वर्ण जितेको खुशी स्वदेशमा साट्न पाएकी थिइनँ । यो अवार्डले त्यसको अभाव पूरा गरेको छ ।

जुडोमा महिला सहभागिता कस्तो छ ?

सागमा जुडोमा स्वर्ण जित्ने म पहिलो नेपाली महिला हुँ । यो प्रतिभाको उच्च कदर हुने खेल हो । यसमा महिला होस् कि पुरुष क्षमता प्रदर्शन गर्नै पर्दछ । तर महिलातर्फपदक जित्ने राम्रो मौका छ । त्यसैले जुडोमा महिला सहभागिता बढाउनुर्पर्छ ।

जुडो खेलको विकासका लागि नगरी नहुने कुरा के हो ?

हाम्रा प्रशिक्षकहरू अन्तराष्ट्रियस्तरका हुनुहुन्छ । विदेश र यहाँ हुने तालीम पनि एउटै हो । तर खेल सामग्रीको भने कमी छ । खेलाडीको सुविधामा पनि खासै ध्यान पुगेको छैन ।

तपाईं कसरी जुडोतर्फआकषिर्त हुनुभयो ?

काठमाडौंको नयाँबजारमा रहेको हाम्रो होटलमा आइरहने चन्द्र डंगोललगायतले भन्नुभएपछि बाबाले मलाई जुडो सिक्न भर्ना गरिदिनुभएको हो । तर, आज जुडोबाटै देशका लागि पदक जितिरहेका बेला खुशी साट्न उहाँ हुनुहुन्न । सगरमाथा आरोहणको क्रममा दुई वर्षपहिले हिमपहिरोमा परेर बुबा बित्नुभयो । मेरा सारा पदक बुबालाई र्समर्पण गर्न चाहन्छु ।

अगस्टमा हुने रियो ओलम्पिकको तयारी कस्तो छ ?

ओलम्पिकमा सहभागी हुनु चानचुने कुरा होइन । निरन्तर प्रशिक्षण लिइरहेकी छु । शतप्रतिशत दिएर खेल्नेछु । देशका लागि कुनै न कुनै पदक लिएर आउने विश्वास छ ।

comments powered by Disqus

रमझम