धरातल बिर्संदै लोकगीत

Share:
  
- ऋषिराम कट्टेल
नयाँ कलाकारले मर्म नबुझ्दा नेपाली लोकगीतका भाका हराएका छन्।
p60
 
तस्वीरः ऋषिराम कट्टेल

लोक वार्ता समाजका अध्यक्ष रहेका लोक संस्कृतिविज्ञ तुलसी दिवस हिजोआज एफएम, टेलिभिजन च्यानल आदिमा लोकगीत, लोकदोहोरी सुनेर, म्युजिक भिडियो हेरेर छक्क पर्छन्। कारण, लोकगीत भनेर अहिले जे उत्पादन भइरहेका छन्, ती वास्तवमा लोकगीत हैनन्। “मौलिक भाका, ठेट शब्द र स्थानीयताको सुगन्ध नेपाली लोकगीतको पहिचान हो”, व्यवसायीकरणको हावाले लोकगीतको मौलिकता उडाएको बताउने दिवस भन्छन्, “अहिले त नक्कलीको बिगबिगी छ।” 

हुन पनि, अहिलेका लोकगीत सुन्दा यो कहाँको कुन भाका भनेर पहिचान गर्न सकिंदैन– न ख्याली, न रोयला, न टप्पा, न हाक्पारे, न गोठाले, न सालैज्यो न त झयाउरे। लोकगायक नारायण रायमाझी अहिलेका लोकगीतले लोकभाकालाई पूरै बिर्सिएको बताउँछन्। “नयाँ पुस्ताले लोकगीत/लोकसंस्कृतिको मर्म बुझे भने भाका फर्कला, नबुझे यत्तिकै हो”, रायमाझी भन्छन्।
 
लापरबाह नयाँ पुस्ता   
हरियो डाँडा माथि, सिन्धुलीगढी घुमेर हेर्दा, रेशम फिरिरी, पानको पात, रिटिङ रिटिङ नबजाउ विनायो, आमा रुँदै गाउँबेसी मेलैमा, आमाले सोध्लिन् नि जस्ता लोकगीतका भाका र विषय फरक–फरक स्थान तथा परिवेशका भए पनि यिनीहरू मेची–महाकालीका नेपालीका जिब्रोमा झुण्डिए। सुन्दा गैर–नेपाली भाषीलाई समेत रोमाञ्चित बनाउने सक्यो नानी, काली पनि देखें, उकालीमा पनि हजूर आदि लोकगीतमा कम्मर नमर्काउने नेपाली शायद नहोलान्। 

p62d
 
धर्मराज थापा र एलपी जोशी।

पप गीतले बजार पिटिरहेको बेला २०५६ मा आएको खेम गुरुङको वारि जमुना पारि जमुना ले नेपाली लोकगीत–संगीतमा ठूलै तरंग ल्यायो। त्यसपछिको समयमा पनि काफलगेडी कुटुक्कै, कान्छीको छाता ढल्काइदेउ यता, खैरेनीमा गेट, सरर पानी घट्टमा, डाँफे नाचेर जस्ता लोकगीतले नेपाली लोकगीत परम्परालाई राम्रैसँग धान्यो। २०५८–२०६४ को अवधिमा लोकगीत र दोहोरी गाउने कलाकारहरूले नाम र दाममा पपस्टारहरूलाई धेरै पछाडि पारे। व्यावसायिकताको यही होडमा नेपाली लोकगीत–संगीतले मौलिकता गुमाएको लोकसंस्कृतिविद् दिवस बताउँछन्। “आजको लोकगीतमा न नेपाली भाका हुन्छ न त र्झ्रो शब्द”, दिवस भन्छन्, “यसमा नयाँ पुस्ताका लोक कलाकारहरू होसियार हुनैपर्छ।”

धर्मराज थापा, सुवी शाह, एलपी जोशी, झ्लकमान गन्धर्व, कुमार बस्नेत, हिरण्य भोजपुरे, नारायण रायमाझी, कल्याण शेरचन, पूर्ण नेपाली, लोकबहादुर क्षेत्री, सावित्री शाह, कृष्णविक्रम थापा, पाण्डव सुनुवार, राम थापा, बमबहादुर कार्की, हरिदेवी कोइराला, नन्दकृष्ण जोशी, प्रेमराजा महत, चन्द्रकला शाह आदिले उठाएको लोकगीत त्यसपछि पुरुषोत्तम न्यौपाने, कोमल वली, बीमाकुमारी दुरा, तुलसी पराजुली, नविन खड्का, भगवान भण्डारी, बद्री पङ्गेनी, राजु परियार, शर्मिला गुरुङ, विष्णु खत्री लगायतले धाने। नेपाली लोकगीत–संगीतमा गोपाल योञ्जनहरूको पनि ठूलो योगदान रह्यो।

p62c
 
कुमार बस्नेत र हरिदेवी कोइराला।

तर, २०६० को दशकको आधा–आधीबाट ओरालो लागेको लोकसंगीत बजारमा न राम्रा कलाकार आए न त लोकप्रिय गीत। आयो त केवल रातारात स्टार बन्न चाहने कलाकारको भीड र नेपाली लोक संगीतको 'लिगेसी' धान्न नसक्ने उत्पादन।  
 
आधुनिकबाट लोक!  
लोक गीतबाट आधुनिक (सुगम) गीतसंगीत जन्मने हुनाले लोकगीतलाई संसारभर आधुनिक गीतको जग मानिन्छ। नारायणगोपालले गाएको ए कान्छी ठट्टैमा र तारादेवीको फूलको थुंगा बगेर गयो जस्ता आधुनिक नेपाली गीत लोकगीतको जगमा सिर्जना भएकोले कालजयी बने। प्रायः सबै कालजयी नेपाली आधुनिक गीतमा लोकगीतको सुगन्ध छ नै। अहिले भने आधुनिक गीतलाई 'भाँचकुच' पारेर लोकगीत बनाउन थालिएको झ्ापाको दमकमा रहेका ७८ वर्षीय लोकगायक एलपी जोशी बताउँछन्।

p61a
 
नारायण रायमाझी र बमबहादुर कार्की।

जस्तो, लोकगीत भन्दै टेलिभिजनमा देखाइने/सुनाइने मुटु जलाई, यो मार्मिक सन्देश, क्षितिज पारि, थोपा थोपा आँसुमा जस्ता गीत जोशीले भनेजस्तो आधुनिक गीतको 'भाँचकुच' मात्र हो। नयाँ पानाका लोकगायक बद्री पङ्गेनी टीभी हेरेर लोकगीत बनाउने चलनले गर्दा यस्तो हुन गएको बताउँछन्। टीभी हेरेर लोकगीत कथ्ने यो प्रसंगले काठमाडौंमा बसेर लोकगीत संकलन गर्ने प्रवृत्ति सम्झ्ाउँछ। जस्तो, पहिला जनवादी र पछि आधुनिक गीतमा नामी शम्भु राईले पूर्वी पहाडको खोटाङ भेगको बुईपा बसेरी लाएको माया छुटाउँ कसरी बोलको लोकगीतलाई दिल्पा बसेरी भनेर संकलन गरे, गाए। जबकि, बसेरी भन्ने गाउँ/टोल खोटाङको बुईपामा छ, अन्नपूर्ण र नागी गाविस समेटिएको दिल्पामा हैन।

p61
 
तुलसी पराजुली।

पहिले रेडियोमा लोकगीत गाउन गाउँ–गाउँ गएर संकलन गरिने लोक भाका, कथा र शब्द अहिले राजधानीमा बसी–बसी टीभी हेरेर कथिन्छ। बितेको आधा दशक यस्तै कोठे लोकगीतले खायो। प्रहरी कलाकारका रूपमा लोकगीत संकलन गर्दै जिल्ला–जिल्ला घुमेका प्रेम लोप्चन यस्तो प्रवृत्तिले नेपाली लोकगीतलाई लाज मर्नु अवस्थामा पुर्‍याएको बताउँछन्। लोकसंस्कृतिविद् दिवस लोकगीतलाई यो अवस्थामा पुर्‍याउनुमा लोकसंस्कृति नबुझेका सञ्चारमाध्यम पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन्।

comments powered by Disqus

रमझम