१-१५ माघ २०६९ | 14 -28 January 2013

कल्चरमा एग्रिकल्चरको मान्छे ल्याएर हुन्न

Share:
  
बसुन्धरा भुषाल, चरित्र अभिनेत्री
p62a
 
 

स्वायत्त चलचित्र विकास बोर्ड, चलचित्रकर्मीकै नेतृत्व, चलचित्र ऐन कार्यान्वयन लगायतका ९ बुँदे माग राखेर २५ पुसमा काठमाडौंस्थित बोर्डको कार्यालयमा तालाबन्दी गरेका चलचित्रकर्मीहरू आन्दोलनरत छन्। पाँच दशकदेखि सक्रिय कलाकार बसुन्धरा भुषालसँग आन्दोलनबारे गरिएको संक्षिप्त कुराकानीः
 
तपाईहरूको आन्दोलन खास केका लागि?
नेतृत्वविहीन भएको पाँच महीनामा पनि अध्यक्ष नियुक्त गरिएको छैन। नियुक्त गर्दा पनि पार्टीका कार्यकर्ता भर्ती गरिन्छ। सेन्सर बोर्डमा पनि यस्तै मनोमानी भएको छ, कल्चरमा एग्रिकल्चरको मान्छे ल्याएजस्तो। आन्दोलन यसकै विरुद्ध हो।  
 
नियुक्ति नहुनुको कारण के हो?  
सरकारले चलचित्र क्षेत्रलाई महत्व नै दिएन। हाम्रा साथीहरू अनसन बसेपछि संचारमन्त्रीले माग पूरा गर्ने लिखित सहमति गरे, तर केही गरेनन्। यो ढिलाइको पछाडि आर्थिक चलखेल एउटा कारण भएको मैले सुनेकी छु।
 
विकास बोर्डमा ताला कहिलेसम्म लाग्छ?
आन्दोलनरत ११ संघसंस्थाले छानेको, चलचित्र क्षेत्रमा लामो समय बिताएको वा चलचित्र बुझेको योग्य व्यक्ति नआएसम्म।  
 
माग पूरा हुने अवस्था छ त?
किन नहुनु, तर सरकारले चाहेको छैन।
 
नायिका रेखा थापा बोर्डको अध्यक्ष हुने लविङमा छिन् भन्ने सुनिन्छ नि!
आन्दोलन गर्न आए त हामी इच्छा पूरा गरिदिने थियौं नि! व्यक्तिगत रूपमा अन्यत्र चाकडी गरेर हुन्छ?

 

comments powered by Disqus

रमझम