१६-२९ माघ २०६९ | 16-29-Magh-2069

हिउँको राज्य

Share:
  
- बद्री पौड्याल
p14
 
खोड्पे–चैनपुर सडक। तस्वीरः बद्री पौड्याल

सुदूरपश्चिमको माघेवर्षा र हिमपात लगत्तै ६ माघमा धनगढीबाट बझङ हिंडियो । बैतडीको खोड्पेदेखि नै अगाडिको यात्रा सहज नहुने संकेत पाइसकिएको थियो । कसैले रूख ढलेर सडक बन्द छ भने त कसैले पहिरो र हिउँका कारण । कुरो १५–२० किलोमिटर परको भए पनि यकिन जानकारी कसैलाई थिएन । ट्रक दुर्घटनाको खबर पाएर गएको प्रहरी भ्यान पनि फर्किसकेको थिएन । केही दिनदेखि बिजुली नआएकोले खोड्पे बजारवासीका फोन चार्ज हुन पाएका थिएनन् ।

p14b
 
यात्रुहरूका सामु हिंडेरै हिउँको जँघार पार
गर्नुको विकल्प थिएन । 

सामान्य अवरोध होला, प्रहरी पनि गएको छ खुलिहाल्छ भनेर हाम्रो गाडी अगाडि बढ्यो । त्यसमाथि सदरमुकाम चैनपुरतिरबाट डोजर आएको भनिएपछि झ्न् ढुक्क भइयो । भञ्ज्याङदेखि नै सडकको दायाँ–बायाँ हिउँका थुप्राथुप्री देखिन थाले । जेनतेन उक्लिंदै जाँदा खोड्पे–चैनपुर जयपृथ्वी राजमार्गको मोतीनगर (बैतडी) देखि बित्थड (बझाङ) सम्मको करीब २० किमि खण्डमा दुई–तीन फीट हिउँ जमेको रहेछ । यत्रो अवरोध तत्काल पन्छाउन कसले सक्नु ! 

p14c
 
बैतडीतिरबाट गएका धेरै गाडी रोकिएको
ठाउँ बाजपानी ।

डोजर पनि आएकै रहेनछ । चार गते बेलुकी जहाँ पुग्यो हिउँले त्यहीं रोकिएका दर्जनौ गाडी कतै डोजर त कतै प्रहरी, यातायातकर्मी र स्थानीयको पाँच दिनको प्रयास पछि मात्र अगाडि बढेका थिए ।

 

comments powered by Disqus

रमझम