१-१४ कात्तिक २०७२ | 18-31 October 2015

ठेसमा प्रेरणा

Share:
  
- भुवनहरि सिग्देल

बेडा कैयन् उठायौं विषय विष पियौं धैर्य यो रोकिएन

कालो पर्दा लगाई ग्रहण भय दिंदा सूर्य यो छेकिएन

गोर्खाली स्वाभिमानी हृदय छ दरिलो तेल―ऊर्जा सकिन्न

पैताला नाघ्न सक्छन् कठिन गिरि बडा स्वस्थ पुर्जा खिइन्न।

हामी हैनौं कदाचित् पर मुलुक पसी खोसि्रएका खरानी

हामी झञ्झा सहन्छौं हिमशिखर बनी खोस्न दिन्नौं निसानी

दानी दाताहरूका जप तप थल यो मूर्खको वंश हैन

सिक्नेछौं ठेस लाग्दा खल दखल गरून् स्वावलम्बी रुदैन।

comments powered by Disqus

रमझम