१-१४ कात्तिक २०७२ | 18-31 October 2015

गजल

Share:
  
- सुभाषचन्द्र पोख्रेल

राजनीतिमा बीउ कस्तो परेछ, मात्र कुलंगार फल्ने

चुनिपठायो नेता भनी, भइदिन्छ जो पनि छल्ने।

देशमा मात्र हो ढुक्रने, नेता भाका छन् जो जो

दक्षिणको लु वा उत्तरको सिरेटोमा सबै छन् गल्ने।

दुर्व्यसनी झै लाग्छ नेता र हाम्रो यो राजनीति

चित्त भोको छ सत्ताको सधैं त्यतै मात्र चल्ने।

छेक्ला सूर्य हातैले झै गरी बोल्छन् जनमाझमा

विवेक सबै खिया लाग्यो मात्र त्यही मुख छ चल्ने।

comments powered by Disqus

रमझम