१-१४ कात्तिक २०७२ | 18-31 October 2015

गाउँ

Share:
  
- भक्तराज न्यौपाने

हाम्रो सिम्पाने गाउँबाट

सीधा उत्तरमा पर्छ– काठमान्डू।

काठमान्डूबाट जब फर्कन्छन्

जम्बरे, अम्बरेहरु

शहर गाउँ घुम्न आए झै लाग्छ

थरी–थरीका मोबाइल, बिस्कुट, चाउचाउ

केटाकेटीका लागि रंगचंगी लुगा

पानीघरे हजुरआमा भन्छिन्–

हरेक साल काठमान्डू गाउँमा सुगन्ध भएर आउँछ!

जब फर्कन्छन् लाहुरे

गाउँ यथावत् रहन्छ गाउँमै

गाउँका जन्मजात दुःखहरु

हाँस्न बिर्सेका बाजेको मुस्कान

बस्छ माया गरेर

यतै गाउँतिर।

दशैंको मैझारोमा

केही हारे जस्ती लाग्छिन्, चमेलीकी आमा

अगाडि छ असरल्ल

उही खरबारी, हँसिया, कुटो

बित्नै लागेको कुट्ने, थन्काउने काम।

नयाँ भन्नु गाउँसँग एउटै बाँकी छ–

मान्छेहरु विल्कुलै नयाँ कुरा गरिरहेछन्।

comments powered by Disqus

रमझम