कृष्णलीला पट

Share:
  
विद्याकुमारी पाण्डेले वि.सं. १९९४ मा लेखेको कृष्णलीला पट
p56
 
 
विद्याकुमारी पाण्डेले 
लेखेको कृष्णलीला पट 
सम्पादक/प्रकाशकः नित्यराज पाण्डे
पृष्ठः १६+पट,
मूल्यः रु.१२५ 
p56b
 
 

प्रा.डा. मुकुन्दराज अर्याल लेख्छन्– ‘एक पहाडिया गाउँमा जन्मेर बाल्यकालमै विवाह भएकी र औपचारिक शिक्षा नपाएकी एक कुलीन ब्राह्मणीले ... गाउँघरमा पाइने चीजबाट मसी तयार गरी लेखेको पट हो यो ।’ सात दशकअघि विविध रङमा कोरिएको यो चित्रको थप व्याख्या गर्दै प्रा.डा. अर्याल भन्छन्– ‘कृष्ण जन्माष्टमीको उपलक्ष्यमा गरिने धार्मिक कलालाई लौकिक रूपमा जीवन्त राख्ने पश्चिमाञ्चलको संस्कृति अनुरुप कूर्माञ्चली ब्राह्मणी नारी वर्गमा परम्परा रूपले विद्यमान छ । यही प्राचीन परम्परा यस पटमा राम्ररी झ्ल्किएको छ ।’

२०१६ सालमा महाकवि देवकोटामाथि पुस्तक लेखेर मदन पुरस्कार प्राप्त गर्ने युवक नित्यराज पाण्डेले वृद्धावस्थामा आफ्नी माता विद्याकुमारी पाण्डेको स्मृतिमा प्रकाशित गरेका हुन् यो सानो मसिनो पुस्तक । उनले पुस्तकका साथमा छुट्टै सो ‘पट’ पनि प्रकाशित गरिदिएकाले पुस्तक महत्वपूर्ण भएको छ । झ्ट्ट हेर्दा केही नबुझ्निे सो चित्रको विस्तृत व्याख्या डा. अर्याल र कलाकार हरिप्रसाद शर्माले गरेका छन् । जसबाट त्यो पट केही बोधगम्य भएको छ अनि पुस्तक पनि मूल्यवान बनेको छ । 
 
कदी

नेपाली समाजको दर्पण

 
समाज, संस्कार र शासन 
लेखकः खेमराज नेपाल 
प्रकाशकः स्वशासन अध्ययन प्रतिष्ठान 
वितरकः ज्ञान–विज्ञान सहकारी 
पृष्ठः ४५०+२६,
मूल्यः रु.४०० 
p56a
 
 

नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालको हालै प्रकाशित पुस्तक समाज, संस्कार र शासन लाई नेपाली समाज देखिने दर्पण भन्न सकिन्छ । ३० वर्षे सेवा कालमा ७२ जिल्लामा काम गर्दाको अनुभवलाई लेखकले तीन खण्ड र ३७ शीर्षकमा प्रस्तुत गरेका छन् । पुस्तक भीमकाय देखिए पनि पढ्नलाई सरल छ । नेपाली समाजका विविध पाटो केलाइएको कृतिको कतिपय प्रसङ्गले रोमाञ्चित बनाउँछ । घरभित्रका नेपाली बानी व्यहोरा, समाज, संस्कृति, परम्परा, पेशा–व्यवसाय, शिक्षा, पञ्चायती प्रशासन र समाज रूपान्तरणमा महिलाको भूमिकादेखि राजनीतिमा अपराधीकरण, मन्त्री–सचिव टकराव, राष्ट्रिय संवेदनशीलता र मिडियासम्मका कुरा पुस्तकमा छन् ।

प्रशासनभित्रको भ्रष्टाचार, उपलब्धिविनाको व्यस्तता र ग्रहण गर्न नसकेका राम्रा कुराहरूलाई लेखकले आफ्नै भोगाइको आलोकमा प्रस्तुत गरेका छन् । पुस्तकमा उतारिएको सामाजिक विसंगति, गरीबी, असमानता, कमजोर राज्य व्यवस्था र गतिहीन राजनीतिले युवा वर्गमा संक्रमण गरेको निराशा तथा पलायनवादी सोचले पाठकलाई गम्भीर बनाउँछ । अनुभव र यथार्थले भरिएको संस्मरण पढ्दै जाँदा नेपाली समाजका नयाँ–नयाँ पहलुले पाठकलाई तानिरहन्छ । प्रशासन र राजनीतिको स्वार्थ कसरी जोडिएको छ, र प्रशासनभित्र कसरी अर्को प्रशासन हुर्किरहेको छ भनेर पुस्तकले छर्लङ्ग पार्छ । 
 
निजी अनुभवमा आधारित भए पनि नेपालले आत्मप्रशंसाबाट जोगिने लेखकीय खुबी देखाएका छन् र तथ्यगत प्रसङ्गहरूले पुस्तकलाई गहकिलो बनाएको छ । यो पुस्तक नेपाली समाज बुझन–बुझउन चाहने विद्यार्थी र शिक्षकदेखि पत्रकार, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, प्रशासक र राजनीतिकर्मीसम्मलाई उपयोगी देखिन्छ । ह
डम्बरकृष्ण श्रेष्ठ

 

उद्योगपतिको लेखक अवतार 
 
पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएका उद्योगी विनोद चौधरीले ‘उद्यमीको आँखामा अर्थतन्त्र’ पछि दोस्रो कृतिका रूपमा आफ्नै आत्मवृत्तान्त लेखेका छन् । आत्मकथा विनोद चौधरी मा उनको जीवनको इतिवृत्त छ । चौधरीले आफ्नो जीवनका निर्णायक मोडहरू, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि पक्ष पाठकसामु खुलस्त पारेका छन् । पत्रकार सुदीप श्रेष्ठको सहयोगमा तयार भएको यो किताबलाई चौधरीले चौधरी ग्रुपकै आत्मकथा भनेका छन् । नेपालयले प्रकाशन गरेको किताबको केही अंशः
p56c
 
 

दुनियाँको नजरमा हामीले व्यक्तिगत रमाइलो र मोजमस्तीका लागि डिस्को खोलेका थियौं । रक्सी खाने ठाउँ, केटा–केटी नारिएर नाच्ने ठाउँ भनेपछि मान्छेहरू त्यसै नाक खुम्च्याउँथे । हाम्रा लागि भने शुद्ध बिजनेशभन्दा बढी केही थिएन । दिनभरि अरू ठाउँमा जति अल्लारे बनेर हिंडे पनि काममा किरण र म दुवै अनुशासित थियौं । डिस्को छिर्नासाथ हाम्रो हाउभाउ अर्कै हुन्थ्यो । एकदम प्रोफेसनल ।

म बढ्दै थिएँ । मेरो कारोबार बढ्दै थियो । मेरो अफिस बढ्दै थियो ।
 
... नेशनल पानासोनिक र सुजुकी मोटर्स जस्ता बहुराष्ट्रिय कम्पनीसँग सम्बन्ध जोडेको थिएँ । एउटा बलियो, शक्तिशाली र सफल कम्पनीको आधारशिला तयार भएको थियो, जसको आफ्नो छुट्टै कर्पोरेट अफिस थियो । पुरानो ‘मुनिम’ शैलीको व्यवस्थापनबाट फड्को मारेर मैले कर्पोरेट संस्कारमा पाइला टेकेको थिएँ । अग्लो घरबाट मेरो आँखाको दायरा अझ् फराकिलो भयो । मेरो सपनामा नयाँ पखेटा पलायो । म पखेटा फड्कार्न तयार भएँ ।
 
‘भुरामल लुनकरणदास चौधरी’ को व्यानरले नयाँ कम्पनीको रूप लिइसकेको थियो । ‘चौधरी गु्रप’ ।
 
हामी अब अन्तर्राष्ट्रिय विस्तार दुई तरिकाबाट गर्छौं— अर्गानिक र इनअर्गानिक । अहिलेसम्म जे भइरहेको छ, त्यो अर्गानिक वृद्धि हो । एकपछि अर्को थप्दै जाने वा पहिलेकै ठाउँमा क्षमता बढाउने । इनअर्गानिक वृद्धिमा नयाँ ठाउँमा नयाँ कम्पनी खोल्ने होइन, भइरहेका स्थापित कम्पनी किनिन्छ । यसले कम समयमै विस्तारको गति अझ् तीव्र हुन जान्छ । अबको चरणमा हामी अर्गानिकसँगै इनअर्गानिक वृद्धिलाई प्राथमिकतासाथ अघि बढाउँदै छौं । संसारभरि चाउचाउ वा एफएमसीजीका शक्तिशाली कम्पनी खोज्दैछौं, जोसँग मिलेर जाँदा हाम्रो उत्पादन विविधीकरण र बजार विस्तारमा सघाउ पुग्छ । ... जस्तो, चीनमा हाम्रो बजार जमिसकेको छैन । त्यहाँ शून्यबाट शुरू गर्नुभन्दा स्थानीयस्तरको कुनै ठूलो कम्पनी किन्यो भने रातारात नयाँ बजार बन्छ । आसियान, अफ्रिका र पूर्व सोभियत युनियन क्षेत्रमा यही योजना छ । यी सबै क्षेत्रमा सम्भावित कम्पनी खोज्न इन्भेष्टमेन्ट ब्याङ्करहरूलाई परिचालन गरेका छौं ।
 
कम्तीमा वाइवाइसँगै हुर्किएका पुस्ता जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ वाइवाइ नपुर्‍याई म यो यात्रा बिसाउँदिनँ ।
 
यी सम्पूर्ण कुराको धरातलमा उभिएर म के विश्वासका साथ भन्न सक्छु भने, सीजी फुड्स (ग्लोबल) कुनै दिन भारतको स्टक एक्सचेन्ज हुँदै सिंगापुर र न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हुनेछ ।
 
र, यसो हुनु भनेको विलियन डलर कम्पनीको सपना पूरा हुनु हो ।

 

 

 

comments powered by Disqus

रमझम