कृतिमाथि मनपरी

Share:
  
प्रख्यात साहित्यकार पारिजातको अमरकृति शिरीषको फूल माथि बनेको चलचित्रले “भाङ्ग्राको टोपीमा गुएलाको फूल” भन्ने नेपाली उखान सम्झाएको छ ।
p62a
 
 

“उपन्यासको मर्म नबिगारी चलचित्र बनाउन स्वीकृति दिएका थियौं, तर मनपरी दृश्य राखेछन् ।” यो पश्चात्तापपूर्ण भनाइ स्नेह साय्मिको हो, उनै सदस्यसचिव रहेको पारिजात स्मृति केन्द्रले २०२२ सालको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल माथि चलचित्र बनाउने अनुमति दिएको थियो । अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यलाई चिनाएको यो कृतिमाथि सिनेमा बन्न दिनु वा बन्नु सुखद् भए पनि निर्माण पक्षले कृतिमाथि अन्याय गरेको केन्द्रको भनाइ छ ।

हुन पनि, क्रियसन नेपालको ब्यानरमा जापानी निर्देशक तोसीआकी इतोको कमाल भनिएको यो चलचित्र हेर्दा ईश्वरवादी लाग्छ, जबकि उपन्यास निस्सारवादमा आधारित छ । वियोगान्त कथालाई संयोगान्त बनाइएको छ । सकम्बरीको मृत्युपछि सुयोगवीर सडकमा भौंतारिएको अवस्थामा उपन्यास सकिन्छ, तर फिल्ममा उनी गाउँ गएको देखिन्छ । निस्सार जीवनदृष्टि बोकेको उपन्यासलाई सिनेमामा रोमान्टिक बनाउन खोजिएको छ । प्रसिद्ध कृतिहरूमाथि बनेका फिल्ममा अलिअलि मतभिन्नता हुन्छन् नै । तर, यो चलचित्रको सहनिर्देशक रहेका विजयरत्न तुलाधर दर्शकले दुखान्त मन नपराउने हुनाले सुखान्त बनाइदिएको बताउँछन्, जसबाट शिरीषको फूल कसरी नेपाली उखानको ‘गुएलाको फूल’ बन्न पुग्यो भन्ने बुझउँछ । अर्थात्, निर्माण पक्षले कृतिको ओज र अर्थ नै नबुझ्ी त्यसको प्रसिद्धिबाट फाइदा लिन खोजेको देखिन्छ । 
 
लाभबाट विलाप 
स्मृति केन्द्रले मंसीर २०६१ मा चलचित्र शिरीषको फूल निर्माणको अनुमति जगत राजथलाको जमिन फिल्मस्लाई दिएको थियो । यसको पहिलो पटकथा÷संवाद नयनराज पाण्डेले लेखेका थिए, जसलाई पछि फेरबदल गरियो । चलचित्रका अर्का सहनिर्देशक देशभक्त खनाल आफूले जापानी निर्देशक र निर्माण पक्षलाई मनोमानी गर्नबाट रोक्न नसकेको बताए । उनी भन्छन्, “दृश्यहरू मनपरी ढंगले घुसाइयो ।”
 
शिरीषको फूल को थालनीले नै अशुभ संकेत देखाएको थियो । स्मृति केन्द्र र निर्माण पक्षबीच २०६३ भित्र चलचित्र बनाइसक्ने सहमति भएकोमा राजथलाले अमेरिकाको मेरील्याण्ड युनिभर्सिटीको कोर्षमा रहेको यो कृतिको नाममा विभिन्न व्यक्तिसँग पैसा असुलेको समाचारहरू सार्वजनिक हुन थाले । त्यसपछि आफूले ‘डिल’ गरेको फिल्ममेकरको हैसियतप्रति शंकालु बनेको केन्द्रले २ असार २०६४ मा एकतर्फी रूपमा सहमति÷स्वीकृति भंग ग¥यो, तर राजथलाको समूहले कहिले विपीनजंग राणा, कहिले नरेश केसी त कहिले इतोको नाम अगाडि सार्दै छायांकन गरिरह्यो । यो सब बुझ्रिहेको स्मृति केन्द्रले छायांकन रोक्न चलचित्र विकास बोर्डलाई गुहारेपछि भने निर्माण पक्ष केन्द्रको सम्पर्कमा गयो, तर राजथलाको जमिन फिल्मस्को हैन, गणेश लामाको नेपाल क्रियसनको नाममा ।
p62
 
 

केन्द्रले सम्पर्क टुटेको पाँच वर्षमा रु.५ लाखको थैली लिएर आएको निर्माण पक्षलाई क्रियसनकै नाममा शिरीषको फूल लाई निरन्तरता दिन सहमति दियो, सच्याएर प्रदर्शन गर्ने शर्तमा । अहिले विशेष प्रदर्शनीहरू गरिरहेको निर्माण पक्ष सार्वजनिक प्रदर्शनको तयारीमा जुटेको छ, तर त्यसअघि चलचित्र सच्याउने अवस्था नभएको सहनिर्देशक तुलाधरले बताए । उता स्मृति केन्द्रका सदस्यसचिव साय्मि त्यत्तिकै प्रदर्शन गरे कानूनी चुनौती दिने बताउँछन् । केन्द्र र निर्माण पक्षको यो गलफत्ती कुन रूपमा टुंगिन्छ, हेर्न बाँकी छ । तर, जापानी निर्देशक इतोले दिमाग खर्चेको भनिएको शिरीषको फूल यही रूपमा प्रदर्शनमा आयो भने पैसाको लोभमा अमर कृतिहरूको दुरुपयोग बढ्ने चाहिं पक्का छ । 

ऋषिराम कट्टेल
 
 
 
 

 

comments powered by Disqus

रमझम