तर दुर्भाग्य ! उहाँको त्यो चाहना अधुरै रह्यो । महेशचन्द्रले स्थापना गर्नुभएको अन्वेषक–अनुसन्धाताहरूको तीर्थस्थलजस्तै मानिने काठमाडौँ, लाजिम्पाटको रेग्मी रिसर्च प्रा.लि.ले आफ्नो अभिभावक गुमाएको छ । नेपालको इतिहास चिनाउने धेरै दस्तावेज तथा एउटा अन्वेषकले झ्ण्डै पचास वर्ष गरेको साधनाको झ्झ्ल्को दिने मोटामोटा कृतिहरू छन् त्यहाँ । रेग्मीकै इच्छानुसार, उहाँका कृतिहरूको नेपाली अनुवाद हुन थालेको थियो । उहाँको चर्चित कृति एन इकनमिक हिस्ट्री अफ नेपाल, १८४६–१९०१ (हे. तस्बिर) को अनुवाद पूरा भइसकेको थियो भने किङ्ज एण्ड पोलिटिकल लिडर्ज अफ द गोर्खाली एम्पायर (१७६८–१८१४) को अनुवाद शुरु भएको थियो । अब नेपालीमा पनि लेख्छु भन्ने निश्चय गरेर थाल्नुभएको नेपालको इतिहासमा ओझ्ेल परेका कुरा पनि अब अधुरो रहने भयो ।
‘पार्किन्सन्स्’ भनिने एक प्रकारको पक्षाघातबाट पीडित रेग्मी चार वर्षअघि भ¥याङबाट लडेपछि गुड्ने कुर्सीको सहारामा हुनुहुन्थ्यो । केही समयदेखि बोली प्रष्ट हुन छोडेको थियोे । तैपनि, अलिकति शरीर जुर्मुराउनासाथ आफ्नै अध्ययन–अनुसन्धानका पत्र–पत्र उधिन्न छाड्नुहुन्नथ्यो । पछिल्लो कृति नेपालः एन हिस्टोरिकल मिसेल्यानी (२००२) उहाँले यस्तै अवस्थामा लेख्नुभएको हो । केही दिनअघिसम्म उहाँ भाइ रविशचन्द्रलाई ‘यति नम्बर ढड्डाको पाना नम्बर यति पल्टाऊ’, ‘त्यहाँबाट यति लेख’ भन्दै नयाँ पुस्तकका निम्ति सामग्री टिपाइरहनुभएको थियो । हामीसँगको भेटमा उहाँ भन्दै हुनुहुन्थ्यो, ‘‘यो सकिएपछि राणाकालीन सनदसवालको वर्गीकरण गर्ने, केही पुराना दस्तावेजहरू जस्ताका तस्तै प्रकाशन गर्ने र एक–एक वटा विषयमा केन्द्रित रहेर सय–डेढसय पेजका ससाना किताब लेख्ने मेरो योजना छ ।’’ रेग्मीका थुप्रै सपना र योजनाहरू यसै गरी अधुरा/अपुरा रहन पुगेका छन् । तर, उहाँको जीवन भने त्यस्तो थिएन, उहाँले साँच्चै सार्थक÷पूर्ण जीवन बिताउनुभयो ।
प्रसिद्ध रामोन म्यागसेसे पुरस्कार पाउने पहिलो नेपाली रेग्मीसँग नेपालको इतिहासका दुर्लभ दस्तावेजहरू मात्र थिएनन्, एउटा उदाहरणीय विगत पनि थियो । जीवनका केही हण्डरठक्करले उहाँलाई इतिहासको अन्वेषणतर्फ उत्प्रेरित गरेका थिए । विख्यात सितारवादकका छोरा÷नाति महेशचन्द्रले बाबुबाजेको बिँडो थाम्नुभएन । ०७ सालको परिवर्तनपछि सरकारी जागिर खानुभयो । चार वर्षमै उद्योग विभागको उपनिर्देशकसम्म बन्नुभयो । त्यसैबीच अचानक बर्खास्त गरिनुभएका रेग्मी सन् १९५५ नोभेम्बरमा सरदार भीमबहादुर पाँडेले थमाएको खोसुवा पुर्जीले उत्पन्न गरेको ‘इगो’ ले आफ्नो जीवनमा ठूलो मोड ल्याएको दावी गर्नुहुन्थ्यो ।
त्यतिखेरको छट्पटीले जता पनि डो¥याउन सक्थ्यो । तर संयोगवश उहाँ दुई जना अमेरिकी विद्वान्को सङ्गतमा पुग्नुभयो । याले युनिभर्सिटीका अनुसन्धाता फ्य्राङ्क मूर र क्यालिफोर्निया युनिभर्सिटीका उनका सहकर्मी लियो ई. रोजले रेग्मीलाई अनुवादकको रूपमा सहकर्मी बनाए । त्यसमा देखिएको दक्षताकै कारण हुनसक्छ, अमेरिकी दूतावासले ‘कन्ट्रयाक्ट’ मा अनुवादको काम दिन थाल्यो । लियो रोज आफ्नो पीएचडी अनुसन्धानका लागि पनि रेग्मीको सीप उपयोग गर्दैथिए । यत्तिकैमा अनुसन्धानतिर रुचि पलाउँदै गयो र त्यही रुचिले उहाँलाई रेग्मी रिसर्च सेन्टर खोल्न प्रेरित ग¥यो । त्यसपछि शुरु भयो उहाँको तपस्या । चौध वटा अनुसन्धानमूलक कृतिबाहेक नेपाल प्रेस डाइजेष्ट, नेपाल प्रेस रिपोर्ट, नेपाल रेकर्डर, नेपाल मिसेलेनियस तथा रेग्मी रिसर्च सिरिज का थुप्रै ठेलीहरू जन्मिदै गए ।
सन् ५० को दशकको अन्त्यतिर नेपालमा अङ्ग्रेजी प्रकाशनहरू थोरै थिए । विदेशी नियोगहरू नेपालबारे जानकारी दिने सामग्री पाउँदैनथे । त्यही खाँचो पूरा गर्न सेप्टेम्बर १९५७ मा साप्ताहिक नेपाल प्रेस डाइजेष्ट शुरु गर्नुभयो । त्यसपछि नेपाल प्रेस रिपोर्ट दैनिक शुरु भयो । त्यो सानो प्रयासले काठमाडौँमा रहेका अन्तर्राष्ट्रिय नियोगहरूलाई अनुदित सामग्रीहरूमार्फत् नेपाल चिनाउने परियोजनाकै रूप लियो । विदेशी नियोगहरूले डाइजेष्ट, रिपोर्टहरूका ग्राहक बनेर रेग्मीलाई हौसला प्रदान गरे । नेपाल राजपत्रमा आएका ऐनकानूनका अनुदित सङ्ग्रहको रूपमा नेपाल रेकर्डर र नेपाल मिसेलेनियस सिरिज निस्किए ।
सन् १९६९ मा शुरु भएको रेग्मी रिसर्च सिरिज नेपालको इतिहासका सबै पक्ष समेटिएको अलि बेग्लै खालको प्रकाशन थियो । रेग्मीका आफ्नै अनुसन्धानका अतिरिक्त अन्य विद्वान्का खोजमूलक सामग्रीहरूको अनुवाद सङ्ग्रह पनि थियो त्यो । नेपालः अ ग्रोथ अफ अ नेशन का लेखक डा. लुडविग एफ. स्टिलरले यसलाई नेपालको इतिहासको सबैभन्दा उल्लेख्य रिसर्च पेरियोडिकल भनेका छन् । रेग्मीको अनुसन्धानको अर्को उपलव्धि–मालपोत र भूमि–कारोबारसम्बन्धी ऐतिहासिक अभिलेखहरूका हस्तलिखित उतारहरू हुन् । सय भागमा सङ्ग्रहित यी अभिलेखहरूको नेपाल जर्मन रिसर्च प्रोजेक्टको सहयोगमा बनाइएको माइक्रोफिल्म राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । रिसर्च सिरिज, प्रेस डाइजेष्ट र नेपाल प्रेस रिपोर्ट को सेवा अहिले स्थगित छ । नेपाल रेकर्डर र मिसेलेनियस सिरिज लाई निरन्तरता दिँदैछन् साहिँला छोरा सुरेशचन्द्रले ।
महेशचन्द्र रेग्मीको पहिलो पुस्तक थियो सम एस्पेक्ट्स अफ ल्याण्ड रिफर्म इन नेपाल (१९६०) । त्यसपछि १९६३ देखि १९६८ सम्ममा चार खण्डमा निस्किएको ल्याण्ड टेन्युर एण्ड ट्याक्सेसन इन नेपाल उहाँको बहुचर्चित कृतिमा गनिन्छ । यसका लागि उहाँले करीब आठ वर्ष अनुसन्धान गर्नुभयो । सरकारी लगत फाँटका पुराना अभिलेखहरूमाथि मजैले घोत्लिनुभयो । र, नेपालका विभिन्न चरणका आर्थिक इतिहास, भूमि इतिहाससम्बन्धी अरू पुस्तकहरू पनि लेख्दै जानुभयो । भूमि व्यवस्थापनका क्रममा रैकर, बिर्ता, गुठी, जागिर, किपट, जिम्दारी, मौजा, उखडाजस्ता प्रथा–प्रणालीको उत्पत्ति र उपयोग; कृषि, खानी र जङ्गलमा निर्भर कृषि कर प्रणालीमा चलेको तात्कालिक अर्थतन्त्रको आधार बारेका ऐतिहासिक तथ्यहरू प्रस्तुत गर्न उहाँले गर्नुभएको मेहनत ती कृतिहरूमा स्पष्ट देखिन्छ । गोर्खा राज्यको एकीकरण अभियानलाई ‘गोर्खाली साम्राज्यवाद’ का रूपमा विश्लेषण गरिएका उहाँका पुस्तकहरू पनि खुबै चर्चित छन् । अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री, इतिहासकार र राजनीतिशास्त्री सबैका लागि सन्दर्भ सामग्री भए उहाँका किताबहरू । प्रोफेसर यदुनाथ खनाल भन्नुहुन्छ, “गोर्खाली एम्पायरसम्बन्धी रेग्मीको तर्कमा कसैले विमति राख्न सक्छन् तर भूमिकरसम्बन्धी उनका खोजहरू र उनले जुटाएका दस्तावेजहरू अनमोल छन् ।”
महेशचन्द्र रेग्मीलाई नजिकबाट बुझनेहरू भन्छन्, उहाँ इतिहासलाई नबुझ्ी कुनै पनि समाज अघि बढ्दैन भन्ने ठान्नुहुन्थ्यो । उहाँको पुस्तक लेखनको उद्देश्य पनि त्यही थियो । आफ्नो पुस्तक ल्याण्ड टेन्युअर एण्ड ट्याक्सेसन इन नेपाल मा उहाँले लेख्नुभएको छ, ‘‘यो पुस्तक मानिस (नेपाली) ले आफ्ना बाधा अड्चन तोड्नका लागि उसले आफूलाई भ्रममा पार्ने तत्वलाई चिन्नुपर्छ भन्ने विश्वासका साथ लेखिएको हो ।”
त्यति धेरै पुस्तक लेख्ने विद्वान् र त्यति लामो समयसम्म डटिरहेको अनुसन्धाता ! तर, नेपालका धेरै विद्वानहरूले समेत महेशचन्द्रलाई राम्ररी चिन्न नसकेको अनुभव हुन्छ । उहाँ आफैँले भन्नुभएको थियो, ‘‘नेपाली स्कलरहरूसँग मेरो धेरै बसउठ रहेन । ’’ केही गम्भीर अनुसन्धानकर्ताहरूले भने उहाँको मूल्य बुझ्ेका छन् । त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्रका विद्वान्हरूले आफ्नो अनुसन्धानमा उहाँको उद्धरण नगरी सुखै पाउँदैनन् । त्रिवि, समाजशास्त्र विभागका प्रमुख डा. रामबहादुर क्षेत्रीका अनुसार, नेपालको मानवशास्त्रीय इतिहासबारे विदेशीहरूले जे जति लेखेका छन्, ती सबैले रेग्मीलाई उद्धृत गरेका छन् । अझ् आर्थिक इतिहास लेख्नेहरूले त उहाँका कृतिको शरण नपरी सुखै छैन ।
विडम्बना नै भन्नुपर्छ, नयाँ पुस्तालाई महेशचन्द्र रेग्मीको महत्ता थाहा छैन र पुरानो पुस्ताका थुप्रैले उहाँप्रति वक्रदृष्टि राखेका उदाहरणहरू छन् । एकथरिले सधैँ उहाँको इष्र्या नै गरिरहे । सन् ७७ मा रामोन म्यागसेसे अवार्ड फाउण्डेशनले उहाँको मूल्याङ्कन गरेर त्यो वर्षको पत्रकारिता, साहित्य र सिर्जनात्मक सञ्चारकला विधामा उहाँलाई २० हजार अमेरिकी डलर र पदकसहितको म्यागसेसे पुरस्कार दियो । फिलिपिन्समा पुरस्कार प्राप्त गर्दा अपूर्व सम्मान पाउनुभयो उहाँले । तर नेपालमा न सरकार, न निजी संघसंस्था, कसैले उहाँलाई औपचारिक ढङ्गले ‘बधाई’ समेत भनेन । केही पत्रकारहरूले उल्टै अमेरिकी एजेन्टका रूपमा आलोचना गरे । महेशचन्द्रको कुन विधामा दखल छ र उसलाई यत्रो पुरस्कार दिइयो भन्नेजस्ता प्रश्न उठाए । सम्भवतः उहाँका कृतिहरू नपढेर वा पढ्न नपाएर पनि त्यस्तो अनपेक्षित प्रतिक्रिया आएको हुनसक्छ । पछिसम्म पनि रेग्मीले यस्तै व्यवहार भोगिरहनु प¥यो । कुनै अनुसन्धानमा
सरकारले सहयोग गरेन । मालपोतका अभिलेख सार्न कर्मचारीलाई कपडा, घूस दिएर फकाउनु प¥यो । तर, भोगाइ जे जस्तो भए पनि आफ्नो मेहनत र उपलब्धिसँग उहाँ सन्तुष्ट हुनुहुन्थ्यो । नेपालको आर्थिक इतिहास उधिन्ने काममा आफूले गरेको मेहनत भावी पीढीका लागि धेरै महŒवको हुने ठान्नुहुन्थ्यो उहाँ । यता, उहाँको मूल्य बुझने सीमित व्यक्तिहरूले ढिलै भए पनि उहाँलाई राष्ट्रिय निधिका रूपमा चिन्न, चिनाउन थालेका छन् । सोसल साइन्स बहाः, पाटनढोकाले यसै वर्षदेखि महेशचन्द्र रेग्मी आख्यानमाला शुरु गरेको छ । बहाः कै अभियन्ताहरूले रेग्मीका अनुदित कृतिहरू छाप्ने वचन पनि दिएका छन् । अब उहाँका अधुरा सपना र योजनाहरू पूरा गर्ने दायित्व यस्तै शुभचिन्तकहरूको काँधमा आएको छ ।