१३ फागुन २०६९ | 24 February 2013

मसला कटेजको स्वाद

Share:
  

टङ्ग्री साने पञ्जाब रु.३५०

मटन शिक कबाब रु.३७०

फिस अजवानी टिक्का रु.२५०

मटन राने मस्तान रु.७९९

दही कबाब रु.२५०

एक से एक कन्टिनेन्टल फुड पाइने काठमाडौं, नयाँबानेश्वरको मसला कटेज खास गरेर उत्तर भारतीय परिकारमा नामी छ । जस्तो-टङ्ग्री साने पञ्जाब, मटन शिक कबाब, फिस अजवानी टिक्का आदि । यसमा पनि मटनको राने मस्तानलाई मसला कटेजको स्पेशल भन्नुपर्छ । खसीको फिला (७०० ग्राम) को पिसबाट तयार हुने तात्तातो राने मस्तानको प्लेट वरिपरि चार जना बस्न सकिन्छ। यी परिकारहरू राजधानीका अन्य रेष्टुरेण्टहरूमा नपाइन सक्छन्।

मसला कटेजको शाकाहारी स्पेशल दही कबाब मासुका पारखीहरूले पनि नथपी नछाड्ने अर्को परिकार हो । 'टेष्टी र हेल्दी चौरासी व्यञ्जन पस्कने मसलाको अर्को विशेषता 'मैथली थाली' हो । मिथिलाञ्चलका परिकारहरू पाइने यो 'थाली' को लागि अग्रिम अर्डर भने गर्नै पर्छ । दिल्लीमा होटल म्यानेजमेन्ट पढेर रेष्टुरेण्ट व्यवसाय थालेका मैथली ब्राह्मण राघवेन्द्र झाले सात जना कुक रहेको किचेनको 'क्रियसन र क्वालिटी' मुम्बईमा २० वर्षको अनुभव सँगालेका सेफ महेश सिंहलाई जिम्मा दिएका छन् । दुई वर्षदेखि राजधानीका स्वाद पारखीह रूबीच जमेको मसला कटेजमा पार्टी र कन्फरेन्सह रूका लागि कटेज हलहरूको सुविधा पनि छ ।

अनुशील

comments powered by Disqus

रमझम