१३ फागुन २०६९ | 24 February 2013

अब्बल भए अमितेश

Share:
  

नेपाली चलचित्र सीता र वीर गणेशमान बाट रजतपटमा आएका जनकपुरका अमितेश नारायणले आफू मैथिलीको पनि अब्बल निर्माता/निर्देशक भएको प्रमाणित गरेका छन्, दोस्रो दरभंगा अन्तर्राष्टि्रय चलचित्र महोत्सवमा। २०-२३ माघमा सम्पन्न महोत्सवमा अमितेशले निर्माण र निर्देशन गरेको लघु फिल्म कमला ले उत्कृष्ट कथावस्तु, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री गरी चार विधाको अवार्ड जित्यो। यो मैथिली फिल्मको नायक-नायिका परमेश झा र सञ्जिता लुइँटेल हुन्।

हिन्दी र भोजपुरी फिल्मले मैथिली बजार लिइरहेको बेला बिहारमा आयोजित यो महोत्सवमा प्रतिस्पर्धाका लागि नेपाल, भारत, बङ्धलादेश, पाकिस्तान लगायत विभिन्न १७ राष्ट्रका १२ फिल्म छानिएका थिए। फिल्मले मैथिली कला-संस्कृति र सामाजिक विसंगतिहरु देखाएको छ। अमितेश वृत्तचित्रका पनि प्रशंसित निर्देशक हुन्। उनले १२ वटा वृत्तचित्र बनाएका छन्।

ईश्वरचन्द्र झा, जनकपुर

comments powered by Disqus

रमझम