स्वेच्छिक अवकाश लिएर
घर फर्किरहेको पूर्व लडाकूले
बिर्सी हिंडेछ बाटोछेउको झुपडी जस्तो
चियापसलमा
पसिना पुछेर राखेको रुमाल...
कवि रमेश क्षितिजले घर फर्किरहेको मानिस संग्रहको यो चर्चित कविता वाचन गर्दा हलमा तालीको पर्रा छुट्यो। डेढ वर्षअघि घर फर्किरहेको मानिस संग्रहबाट प्रभावित भएर 'फ्यान क्लब अफ रमेश क्षितिज' नै खोलेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले बोलाएका कवि क्षितिज २७ माघमा यसरी कविता वाचन गर्दैथिए।
कविले एक दर्जन कविता सुनाएर फ्यानहरुको चित्त बुझाउन खोजे। नेपालमा २०६२/६३ को जनआन्दोलनपछि यसरी कवि र कविताका अनुरागी एकाकार हुने चलन बसेको छ, जसमा धरान पछिपरेको छैन।
सोहन श्रेष्ठ, धरान