१३ फागुन २०६९ | 24 February 2013

ग्ल्यामरस हुँदै दाङ

Share:
  

दाङको तुलसीपुरस्थित एउटा होटलमा भएको फेशन नाइट शोको दृश्य हो यो, जसमा रु.१ हजारसम्मको टिकट किनेर आएका दर्शकहरुले मोडलहरुको क्याट्वाक्सँगै हुटिङ शुरु गरेका थिए। दङ्धालीहरुले हेर्न पाएको यो नै पहिलो फेशन नजारा भने थिएन। यहाँ यो वर्ष मात्रै दुई वटा यस्ता कार्यक्रम भइसकेका छन्। 'लिटिल मिस वर्ल्ड'को दोस्रो संस्करणका प्रतियोगी छान्न इफोर इन्टरटेन्मेन्टले फेशन शोसहित सांगीतिक साँझ आयोजना गरेलगत्तै पेज थ्री इन्टरटेन्मेन्ट प्रालिले मिस दाङ प्रतियोगिता गरेको थियो। नेपाल ब्यूटिसियन संघकी मध्यपश्चिम अध्यक्ष कल्पना श्रेष्ठले यस्ता कार्यक्रमहरुबाट युवापुस्ता विस्तारै खुल्दै र संयमित हुँदै जाने बताइन्।

गजेन्द्र बोहरा, दाङ

comments powered by Disqus

रमझम