१३ फागुन २०६९ | 24 February 2013

मिशन किलिमन्जारो !

Share:
  

सातै महादेशका अग्ला शिखर चुम्ने यात्रामा रहेको नेपाली महिला टोली आउँदो १४ फागुनमा अफ्रिकातर्फ लाग्दैछ, तान्जानियाको किलिमन्जारो हिमाल आरोहणका निम्ति। अन्तर्राष्टि्रय नारी दिवसको अवसरमा हुन लागेको किलिमन्जारो आरोहणको उद्देश्य महिला शिक्षाको महत्वमा प्रकाश पार्नु रहेको छ। १६-२२ फागुनका लागि तय आरोहणमा नेपाली टोलीमा अफ्रिकाका तीन जना महिला थपिनेछन्। आरोहणपछिको एक हप्तासम्म उनीहरुले तान्जानियाको राजधानीदेखि विकट गाउँसम्मका विद्यालय पुगेर विद्यार्थीहरुलाई प्रोत्साहित गर्नेछन्।

तान्जानियामा पनि नेपालमा जस्तै सामाजिक-आर्थिक कारणले प्राथमिक तहपछि पढाइ छाड्ने विद्यार्थीको संख्या धेरै छ। आरोहीहरुले दुःख गरेरै भए पनि शिक्षालाई निरन्तरता दिंदा सामान्य परिवारका मानिसले पनि आफ्नो सपना साकार पार्न सक्छ भन्ने प्रोत्साहन आरोहण टोलीले दिनेछ। नेपाली महिला आरोही टोलीले नेपालमा सयभन्दा बढी विद्यालयमा यस्तो भ्रमण गरेको छ। टोलीलाई नेपाल सरकार, तान्जानिया सरकार, नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (तान्जानिया) आदि राष्टि्य/अन्तर्राष्टि्रय निकायहरुको विविध सहयोग गरेका छन्। टोलीकी सदस्य शैली बस्नेत भन्छिन्, 'तान्जानिया लगायत दक्षिण अफ्रिकामा नेपाली पर्यटन प्रबर्द्धन हाम्रो अर्को उद्देश्य हो।'

comments powered by Disqus

रमझम