१३ फागुन २०६९ | 24 February 2013

फुच्चेको कमाल

Share:
  

ज्याक्सनहाइटका नेविन तामाङ लामा (८) ले न्यूयोर्क अक्वारियम मर्मतका लागि रकम संकलन गरेर प्रशंसित हुँदा अमेरिका बस्ने नेपालीहरुले 'हुने बिरुवाको चिल्लो पात' भन्ने उखान सम्य्.ऒ्ढो। गत अक्टोबरमा आएको 'स्यान्डी' समुन्द्री आँधीले क्षतिग्रस्त बनाएको अक्वारियम मर्मत गर्न नेविनले ब्वाइज स्काउट अफ अमेरिकाको 'पेन्निज फर फिस क्याम्पेन' कार्यक्रममा सहभागी भएर ७५० डलर संकलन गरेका थिए। ब्वाइज स्काउटको यो कार्यक्रमका लागि फण्ड रेजिङ सम्बन्धी विभिन्न उमेर समूहमा छुट्याइएकामध्ये नेविनले आफ्नो उमेर समूहबाट सबभन्दा बढी सहयोग जुटाएका थिए। यस वापत नेविनले जीवनभर न्यूयोर्क अक्वारियम प्रवेश पास र ब्वाइज स्काउट अफ अमेरिकाको प्रशंसापत्र पाएका छन्।

ङिमा पाखि्रन, न्यूयोर्क

comments powered by Disqus

रमझम