२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

सञ्जीव सुझाव

Share:
  

प्रा. सञ्जीव उप्रेती (५७) पछिल्लो समय रंगमञ्चमा सक्रिय छन्। केही समयअघि 'सान्दाजुको महाभारत' मा बीपी कोइरालाको भूमिकामा देखिएका उनी हालै मञ्चन भएको 'मकैको अर्कै खेती' मा पनि मुख्य भूमिकामा देखिए, जुन नाटक उनी आफैंले लेखेका थिए। 'घनचक्कर' आख्यान र 'सिद्धान्तका कुरा' गैरआख्यान पुस्तकका लेखक उप्रेती अब केही समयका लागि नाटकबाट बिदा लिने सुरमा छन्। उनी भन्छन्, “अब थाती रहेका प्राज्ञिक अनुसन्धान पूरा गर्नपट्टि लाग्छु।”

२०६३ सालमा सुनील पोखरेल निर्देशित 'न्यायप्रेमी' नाटकबाट रंगमञ्च अभिनयमा प्रवेश गरेका उप्रेती त्यसपछि 'सपनाको साबिती' मा पनि देखिए। त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य विषयको प्राध्यापकबाट स्वेच्छिक अवकाश लिएका उनी सकेसम्म धेरै थरीका काम गर्दा फुर्तिलो हुनेमा विश्वास राख्छन्। “३५/३६ वर्ष हुँदा पहिलो चोटि अभिनय गरेको थिएँ”, उनी भन्छन्, “अब संगीत पनि सिक्ने विचारमा छु।” मान्छेले आफ्नो परिचय बट्टाभित्र हालेर राख्न नहुने भन्दै उनी इच्छा लागेका क्षेत्रमा हात हाल्न सुझाउँछन्।

comments powered by Disqus

रमझम