२-८ फागुन २०७२ | 14-20 February 2016

टेकोमा अडिएको इतिहास

Share:
  

शब्द/तस्वीरः रुपा जोशी

नुवाकोट जाँदा सधैं आनन्द महसूस हुन्छ, किनकि त्यहाँ नेपाली इतिहासको गौरवको छनक मिल्छ। देवीघाट पुग्दा नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले देहत्याग गरेको कुराले झकझक्याउँछ भने, नुवाकोट दरबारले 'नेपाल' बनाउन जोखना हेरिबसेका कुशल रणनीतिकार उनै राजाको धैर्य झल्काउँछ।

भूकम्पले क्षति पुर्‍याएको नुवाकोट दरबारको दक्षिणी मोहडा।

पुराना सम्पदाहरुमा रहने नाग घेरा (टाइबीम) ले भूकम्पबाट जोगाएको देखिन्छ। नागघेरा (रातो घेरा भित्र) बाट बाँधिएको रंगमहलको छानो बाहेक अन्यत्र भत्किएको छैन।

भूकम्पबाट दरबार परिसरमा अवस्थित मन्दिरमा पनि क्षति पुगेको छ।

कति चहलपहल हुँदो हो त्यो वेलाको साततले दरबार परिसर। परपरसम्म देखिने दरबारको टुप्पाबाट शत्रुको चाल नियाल्दै गरेका गोर्खाली सिपाही! तर १२ वैशाखको महाभूकम्पको धक्काले यो दरबारलाई पनि खुबै हल्लायो। पूरै ढाल्न सकेन तर चिराचिरा भने पारिछाड्यो।
सुनियो नुवाकोट दरबारलाई परिसर 'हेरिटेज ग्राम' अवधारणामा जीर्णोद्धार गरिने योजना छ रे! गज्जब हुन्थ्यो, नुवाकोटको त्यो डाँडामा त्यही रौनक छाए। पर्यटक त तानिन्थे नै, त्योभन्दा महत्वपूर्ण चाहिं, यो ऐतिहासिक थलोले नेपालभरका विद्यार्थी आकर्षित गर्न सक्थ्यो। र, राष्ट्रप्रतिको माया उर्लेर आउँथ्यो!

comments powered by Disqus

रमझम