२० फागुन २०६९ | 3 March 2013

धरावासीको झोला पर्दामा

Share:
  

साहित्यकार कृष्ण धरावासीको चर्चित निबन्ध झोलामाथि बन्न लागेको फिचर फिल्म झोला को छायांकन ५ फागुनमा पूरा भएको छ। ३५ दिन लगाएर झापा शनिश्चरेस्थित धरावासीकै पुरानो घर र आसपासमा चलचित्र छायांकन गरिएको थियो। मिडिया फर कल्चर प्रालिको ब्यानरमा बनेको यो फिल्ममा धरावासीले पनि अभिनय गरेका छन्। निबन्धमा कुनै पथिकले दिउँसो घरमा छोडेको झोलाभित्र पोको पारिएको कागज नझिक्न अनुरोध गर्ने धरावासीकी प्रथम पत्नी सीताको भूमिकामा दोस्री पत्नी मञ्जु छिन्।

निर्देशक यादव भट्टराई फिल्मले कुनै समय नेपाली समाजमा चलेको सती प्रथा र त्यसको प्रभाव देखाउने बताउँछन्। झोलामा गरिमा पन्त, लक्ष्मी गिरी, देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, सुजल नेपाललगायतको अभिनय छ।

गोपाल गडतौला, दमक

comments powered by Disqus

रमझम