२० फागुन २०६९ | 3 March 2013

सुन्दरीको सेवा

Share:
  

मोडल हण्ट हङकङ २००६ कि विजेता बसन्ती पुनले धरानको सरस्वती बाल आश्रमका अनाथ बालबालिकालाई २ फागुनमा रु.१ लाख नगदसहित खाद्यान्न र लत्ताकपडा सहयोग गरिन्।

बसन्ती सहारा नामक अल्बम निकालेर गायनमा लागेकी म्याग्दीकी पुनले अनाथालयमा दिएको उपहारमा गिटार पनि थियो। उपहार दिएपछि उनले कार्यक्रममा उपस्थितलाई आफ्नो अल्बमका गीत सुनाउँदै भोज खुवाइन्। यो सबै खर्चका लागि केही समयअघि हङकङको सांस्कृतिक कार्यक्रमबाट उठेको रु.५० हजारमा उनको खल्तीबाट अरु रकम थप्नु पनि परेको थियो।

सोहन श्रेष्ठ, धरान

comments powered by Disqus

रमझम