२० फागुन २०६९ | 3 March 2013

कुकुरको सौन्दर्य प्रतिस्पर्धा

Share:
  

तस्वीर: ऋषिराम कट्टेल
नयाँबानेश्वरकी रुजा अर्याल पुरस्कृतमध्येको आफ्नो कुकुर जुनियरका साथ।
ललितपुर सातदोबाटोको स्वीमिङ कम्प्लेक्समा 'थर्ड ग्रान्ड डग शो २०१३' नाममा कुकुरहरुको सौन्दर्य प्रतियोगिता भयो, जसमा धरानका शंकु श्रेष्ठको चाउ–चाउ जातको लियो नामको कुकुर सर्वोत्कृष्ट ठहरियो। प्रतियोगितामा सोनम छोकी शेर्पाको चिहुहुआ जातको चुन्को दोस्रो र प्रदीप महर्जनको जर्मन शेफर्ड जातकोे ज्याक तेस्रो भए।

के नाइन डग ट्रेनिङ एण्ड केयरले आयोजना गरेको यो प्रतियोगितामा जर्मन शेफर्ड, पिट बुल, पग, बुलडग, नेपोलियन मस्तिफ, चो–चो, लब्राडोर, बक्सर, ग्रेट डेन, गोल्डेन रिटि्रभर, हस्की, जापानिज स्पीट्ज लगायतका २० जातका ६५ कुकुर प्रतिस्पर्धी थिए। कार्यक्रममा डग फेसन शो र डग आइटम शो पनि गरियो। आयोजक संस्थाका प्रमुख कार्यकारी प्रविन बज्राचार्यले कुकुरहरुको सौन्दर्य प्रतियोगिताले घरपालुवा जनावरमा मोह राख्नेहरुलाई मनोरञ्जन दिलाएको बताए।

रमझम