२० फागुन २०६९ | 3 March 2013

बन्दकारी वैद्य

Share:
  

फागुनमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आफ्ना विभिन्न माग राखेर गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित। सञ्चारमाध्यमका सवारी साधन समेत तोडफोड।

www.himalkhabar.com

बहालवालाको विरोध

फागुनमा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन नहुने माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा नेकपा–माओवादी, नेकपा एकीकृत, नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सामाजिक लोकतान्त्रिक पार्टीद्वारा विरोध पत्र दर्ता।

www.himalkhabar.com

पारसलाई हृदयघात

पूर्व युवराज पारस शाहको ८ फागुन राति थाइल्याण्डमा मुटुको शल्यक्रिया गरिएको पूर्व राजाका सहयोगी फणीन्द्र पाठकद्वारा जानकारी। थाइल्याण्डमा बस्दै आएका शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो।

www.himalkhabar.com

घाटाको व्यापार

नेपाली एयरलाइन्स्हरूले लागत भन्दा कम भाडादरमा उडान भर्ने गरेका छन्। आम्दानी भन्दा खर्च बढी हुँदा गएको दशकमा ११ एयरलाइन्स् डुबिसके भने भएकाहरू पनि व्यावसायिक रुपमा सुरक्षित देखिंदैनन्।

www.nepalitimes.com

न्यूनतम पारिश्रमिक माग

मलेशियाले कामदारको न्यूनतम मासिक पारिश्रमिक रु.२५ हजार (९०० रिङ्गिट) बनाए पनि त्यहाँका कम्पनीहरूले लागू गर्न सकेका छैनन्। न्यूनतम पारिश्रमिक नपाएपछि नेपालीलगायतका कामदारले मलेशियाको जोहोरस्थित फर्निचर कारखानामा विरोध प्रदर्शन गरेका थिए।

www.nepalitimes.com

comments powered by Disqus

रमझम