२३-२९ फागुन २०७२ | 6-12 march 2016

'हाम्रो राम्रो स्कूल!'

Share:
  
- बच्चु विक

यी तस्वीर झलारी पिपलाडी नगरपालिका–४ पिल्लरीफाँटा, कञ्चनपुरमा रहेको श्री पञ्चकोटि मणिकाधाम बाल विद्यालयका हुन्। २०६८ सालमा स्थापित यो विद्यालयमा शिशु र कक्षा–१ को पढाइ हुन्छ। दुवै कक्षामा ८१ विद्यार्थी छन्।

तस्वीर बच्चु विक
प्रधानाध्यापक ईश्वरी भट्ट।

विद्यालय भवन।

छोरो बोकेर पढाउँदै शिक्षिका राधिका जोशी।

झण्डै दुई सय घरधुरी रहेको पिल्लरीफाँटाबाट नजिकको अर्को विद्यालय पुग्न झन्डै डेढ घण्टा हिंड्नुपर्छ, त्यो पनि जंगलको बाटो। “बच्चाबच्ची त्यति टाढा जान सक्दैनन् भनेर गाउँमै विद्यालय खोलेका हौं”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकलाल विष्ट भन्छन्।

जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई अनुमति दिएरै सम्पूर्ण कर्तव्य पूरा गरेको ठानेको छ। जिशिकामा पटकपटक धाए पनि सहयोग नपाएपछि गाउँलेले नगरपालिका गुहारे। नगरपालिकाले प्रतिमहीना दिने रु.३ हजारबाटै विद्यालय चलिरहेको छ। “रु.३ हजार तीन जनाले बाँड्छौं। त्यसैबाट विद्यालयको खर्च पनि चलाउँछौं”, विद्यालयकी प्रधानाध्यापिका ईश्वरी भट्ट भन्छिन्।

कक्षामा विद्यार्थी।

तीनकोठे विद्यालयका दुई कोठामा ढोका छैन। ढोकासहितको एउटै कोठामा दुवै कक्षाका विद्यार्थी पढ्छन्। जम्माजम्मी पाँच वटा बेञ्चमा बस्न विद्यार्थीका लागि प्रतिस्पर्धा हुन्छ। अधिकांश शिशु कक्षाका विद्यार्थी भुईंमा बस्छन्। “तिनको स्कूल (कोठा) मा भैंसी आउँछन्। हाम्रो त राम्रो स्कूल”, भुईंका विद्यार्थी देखाउँदै बेञ्चमा बसेका कक्षा–१ का पवन विष्ट भन्छन् ।

comments powered by Disqus

रमझम