२७ फागुन २०६९ | 10 March 2013

ट्याब्लेट बजार

Share:
  
- गणेश आचार्य
दाम र कामको क्रम मिलाउँदा ल्यापटपको भाइ र मोबाइल फोनको दाइ नै पर्छ ट्याब्लेट।

'टेक वर्ल्ड'मा केही शब्दहरूको अर्थ अचम्म तरीकाले परिवर्तन भएको छ। जस्तो, 'माउस' सुन्दा हामी मुसा नसम्झी कम्प्युटरको एउटा इनपुट डिभाइस सम्झ्न्छौं। 'विन्डोज' अब झयाल मात्र रहेन। 'एप्पल' र 'ब्ल्याकबेरी' शब्दले पहिले मोबाइल फोन सम्झाउँछ। यो सूचीमा थाहै नपाई 'ट्याब्लेट' पनि थपिइसक्यो। त्यो शब्द अब औषधिको चक्की मात्र रहेन।

डायरी जस्तो कम्प्युटर डिभाइस 'ट्याब्लेट' मा मोबाइल फोनले भन्दा धेरै र ल्यापटपले भन्दा अलि थोरै काम गर्न सकिन्छ। अहिले निस्केका केही ट्याब्लेटलाई अपवाद छोड्ने हो भने यसको दाम पनि कम पर्छ, ल्यापटपको तुलनामा। साधारणतः माउस र किबोर्डको सट्टा 'टच' गरेर चलाउने ग्याजेट हो, ट्याब्लेट। सन् २००२ मा निस्किएको माइक्रोसफ्ट ट्याब्लेट पीसी पहिलो ट्याब्लेट हो। त्यसपछि एप्पल, सामसुङ, गुगल, एमेजन, डेल, एसर लगायतले पनि ट्याब्लेट उत्पादन थालेका हुन्।

छोटकरीमा 'ट्याब' भनिने यो 'राइजिङ' ग्याजेटको नेपाली बजारमा एकथरीले एप्पलको आइप्याड र अर्कोले एण्ड्रोइड अपरेटिङ्ग भएको जुनसुकै ब्राण्ड प्रयोग गर्छन्। सुविधा र ब्राण्डका हिसाबले एण्ड्रोइड ट्याब प्रयोगकर्तामा पनि विविधता होला तर मूल रूपमा आईओएस र एण्ड्रोइड ट्याब्लेट प्रयोगकर्ताहरू छन्। एण्ड्रोइड चल्ने एमेजन किन्डल फायर, सामसुङ ग्यालेक्सी ट्याब, डेल, माइक्रो म्याक्स, गुगल नेक्सस र एमएसआई लगायतका ट्याब्लेटहरू नेपाली बजारमा छन्।

एण्ड्रोइड अपरेटिङ्ग भएको गुगल नेक्सस चलाइरहेका हरि न्यौपाने ट्याब्लेटलाई गह्रौं ल्यापटपको विकल्प मान्छन्। इमेल इन्टरनेट चलाउन र किताब पढ्न एण्ड्रोइड ट्याबलेट चलाउनेहरू अब यो बाहेक अरूले धीत नमार्ने बताउँछन्। बजेटको हिसाबले आँट गर्न सजिलो र प्ले स्टोरमा धेरैजसो फ्रि–एप्लिकेशनहरू पाइने भएकाले एण्ड्रोइड ट्याब्लेट रुचाउनेहरू धेरै छन्। त्यही भएर नेपालमा सामसुङको ट्याब्लेट धेरै बिक्री हुने गरेको छ। ट्याब्लेट प्रयोगकर्ता सम्बिदविलास पन्त भन्छन्, “स्लिक डिजाइन र हातमा सजिलोसँग अटाउने भएकाले आइप्याड अनुभव गजबको हुन्छ।”

एप्पल कम्पनीले उत्पादन गर्ने आइप्याड अहिलेसम्म चार वटा भर्सनमा बजारमा आइसकेको छ। “गेम र इन्टरनेटका लागि आइप्याड अरूभन्दा फरक छ”, पन्त भन्छन्, “आइप्याडले मलाई त्यस्तो अनुभव दिएको छ, जुन अरू कम्प्युटर र ट्याब्लेटले दिन सकेका छैनन्।” आइप्याडको एउटा आधिकारिक आयातकर्ता इभो स्टोरका जिना श्रेष्ठका अनुसार नेपालमा आइप्याड मन पराउनेहरूको छुट्टै समूह छ, जो नयाँ अनुभवका लागि लालायित छन्। अहिले नेपाली बजारमा आइप्याड न्यू र आइप्याड मिनी बिक्री भइरहेका छन्।

सन् १९६० को दशकमा बनेको अंग्रेजी चलचित्र 'द स्पेश अफ अडिसी', स्टानिस लले १९६१ मा लेखेको उपन्यास 'रिटर्न फ्रम द स्टार' मा अहिलेको ट्याब्लेट जस्तै ग्याजेट क्यालकुलेटर प्याड प्रस्तुत गरिएकोले प्रष्ट पार्छ यसको इतिहास र उत्पादनको पछाडिको वैज्ञानिक सोधखोजको सिलसिला लामो छ। अहिलेको अनुसन्धान ट्याब्लेटलाई अझै पातलो र सुविधायुक्त बनाउनमा केन्द्रित छ। एकातिर एप्पल र अर्कोतिर एण्ड्रोइड प्रयोग गर्ने सामसुङ जस्ता सबै मोबाइल फोन कम्पनीहरू ट्याब्लेट बजारमा आफ्नो वर्चस्व बनाइराख्न संघर्षरत छन्।

कन्भर्टिवल ट्याब्लेट

ट्याब्लेट चलाइरहँदा ल्यापटपको जस्तै काम गर्न सजिलो होस् भनेर किबोर्ड जोड्न र निकाल्न मिल्ने गरी बनाइएको ग्याजेट हो कन्भर्टिवल ट्याब्लेट। धेरैजसो कन्भर्टिवल ट्याब्लेट एण्ड्रोइड अपरेटिङ्ग सिस्टमकै हुने भए पनि केही महीना अघि माइक्रोसरुटले निकालेको सर्फेस ट्याब्लेटमा भने विन्डोज–८ नै प्रयोग गरिएको छ। चाहिएको बेला किबोर्ड निकालेर वा जोडेर या किबोर्डलाई २७० डिग्रीमा घुमाउँदै स्त्रि्कन पछाडि पुर्‍याएर कन्भर्टिवल ट्याब्लेट चलाइन्छ।

फ्याब्लेट

'टेकफ्रिक' युवा जमातलाई आफूसँग नभएको ग्याजेटले खुबै आकर्षित र आरिसे बनाउँछ। स्मार्टफोन बोकेकाहरूलाई फ्याब्लेटको मोह जाग्छ अनि ट्याब्लेट मात्रै चलाइरहेकाहरूलाई स्मार्टफोनको। यही तिर्खा मेटाउनै बजारमा आएको हो रुयाब्लेट। 'रुयाब्लेट'शब्द 'फोन' र 'ट्याब्लेट' मिलाएर बनाइएको हो। फ्याब्लेटमा फोन र ट्याब्लेट दुवैको काम गर्न सकिन्छ। हुन त केही पहिले 'ट्याब्लेट फोन' भनिने हाइब्रिड फोनहरू बजारमा नआएका हैनन् तर तिनमा अनेक समस्या देखिए। कोहीमा मोबाइलको टावर बेलाबेलामा हराउने, कतिमा चाहिं ब्यालेन्स रिचार्ज नै नहुने। तर अहिले बजारमा आएका फ्याब्लेट, स्मार्टफोन र ट्याब्लेट दुवैको प्रोफेशनल मिश्रण हो। फ्याब्लेटको स्त्रि्कन ५ देखि ७ इन्चको हुन्छ। अक्टोबर २०११ मा लन्च भएको ग्यालेक्सी नोट नै बजारमा आएको पहिलो फ्याब्लेट हो। ग्यालेक्सी नोटको नयाँ भर्सन ग्यालेक्सी नोट टु, पाँच महीनादेखि बजारमा अत्यधिक रुचाइएको मोबाइल ग्याजेटहरूमध्ये पर्छ। नेपाली बजारमा अन्य चाइनिज र भारतीय ब्राण्डका फ्याब्लेटहरू पनि उपलब्ध छन्।

रमझम