तस्वीरः कमल रिमाल
सिमलको वन कटानले कोशीमा लडेका रुख ।
कोशीटप्पु वन्यजन्तु आरक्षको १७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये ६० वर्ग किमि क्षेत्र ४९१ प्रजातिका चराको बासस्थान हो। तिब्बत र साइबेरियादेखि जाडो छल्न आउने चराहरू यहीं बच्चा कोरलेर गर्मीमा फर्कन्छन्। तर आरक्षमा भैंसी गोठाला र मछुवारीहरूको अतिक्रमणबाट चराहरूको संख्या घट्न थालेको छ। संख्या त घट्यो–घट्यो दुई प्रजाति नै लोप भएको छ।
आरक्ष भित्रको कोशी किनारमा पानी कम भएको ठाउँ मा जाल हान्दै माझीहरु।
कोशीको बगरमा देखिएका जलेवा (पानी काग)।
कोशीका दुई भँगालाबीचको यो क्षेत्र आरक्ष कार्यालय र नेपाली सेनाको पहुँच बाहिर परेजस्तो देखिन्छ। आरक्ष कार्यालयकै स्वीकृतिमा माछा मार्ने ठेक्का पाउनेहरूलाई राति बस्ने अनुमति नभए पनि माछाको भाग पुर्याएपछि उनीहरूले त्यो छुट पाउने गरेको मछुवाराहरु नै बताउँछन्। पाल्तु चौपाया चराउन नपाइने क्षेत्रमा हूलका हूल भैंसीका बथान भेटिन्छन्। कोशीटप्पुमा अर्नाको वंशनास हुनुको प्रमुख कारण घरपालुवा भैंसीको चरिचरनलाई मानिन्छ। लोपोन्मुख गिद्धको बासस्थान रहेको सिमलको वन पनि तस्करहरूले सखाप पारिसकेका छन्।
आरक्षभित्र भैंसी चराउनेले बनाएको गोठ र अगाडि फलेको खुर्सानीको बोट ।
कोशीको बीचबाट चरा अवलोकन गर्दै कोशी पक्षी समाजका पदाधिकारी।